मालपोत प्रमुखलाई कोरोना संक्रमण , तिहारसम्म सबै सेवा बन्द

रूपक पुरी,चौतारा । 

सिन्धुपाल्चोकका प्रमुख मालपोत अधिकृतलाई कोरोना सँक्रमण पुष्टि भएपछी जिल्ला मालपोत कार्यालयको सबै सेवा प्रवाह आईतवारदेखी बन्द गरिएको छ ।


मालपोत प्रमुख चण्डीप्रसाद कोईरालालाई काठमाडौंमा परिक्षणका क्रममा कोरोना देखिएपछि तिहार पर्व अघिसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद गौतमलाई पनि कोरोना सँक्रमण भएपछि अहिले घरमै होम आईसोलेसनमा बसिरहनुभएको छ । जिल्ला निर्वाचन कार्यालय भने खुल्लानै रहेको छ ।

, , ,