एनसेलको कोरोनासम्बन्धीजनसचेतनाअभिवृद्धि गर्न मन्त्रालय र युनिसेफ सँग सहकार्य



काठमाडौं, कार्तिक २०

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोनाभाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागिआमजनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रितहुँदै विभिन्नअभियान संचालन गर्न स्वास्थ्यतथा जनसंख्यामन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । 

कोरोनाभाइरससम्बन्धीजनसचेतनाअभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथासिफारिस गरिएको कोरोनाभाइरसबाट बच्न र बचाउनअपनाउनुपर्ने तीन मुख्यउपायहरु—व्यक्तिव्यक्तिबीचकम्तीमादुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदाअनिवार्य मास्कप्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हातधुने सन्देशलाई व्यापक रुपमा फैलाईएको छ । यस अभियानअन्तर्गतएनसेलले मास्कको सहीप्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्कप्रयोग गर्ने भन्ने लगायतकाविभिन्नजान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतनाजगाउने कार्य गरिरहेको छ ।सहकार्य बारे धारणा राख्दै एनसेलकाप्रमुखकार्यकारी अधिकृत एन्डी चोङले “यस विषम् परिस्थितिमा,स्वास्थ्यतथा जनसंख्यामन्त्रालयर युनिसेफसँगसहकार्यगर्दै हालतीव्रगतिमाफैलिरहेको कोरोनासंक्रमण रोक्न, पत्तालगाउनर यसको प्रतिकार्यमा लाग्नकालागिजनचेतना फैलाउनहामी प्रतिबद्ध छौं भन्नु भयो । उँहाले निजीक्षेत्रकोएक जिम्मेवार व्यवसायिकनागरिककारुपमाएनसेलले जनमानस माझ कोरोनाकाबारेमा जनचेतनाजगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीकानिमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्नभुमिकानिर्वाह गर्दै आएको छ । कोरोना जस्तो संकटको सामना गर्नको लागिविभिन्नसरोकारवालाहरुसँगको सहकार्य आवश्यक पर्दछ जसले गर्दा सबैएकजुट भएर गरेको सहयोगले सरकारको कोरोना विरुद्घको अभियानमा ठूलो सहयोग पुग्छ । कोरोना विरुद्घएनसेलले गरेको योगदाननिजी क्षेत्रले आफ्नो विषेशज्ञता, अनुभव, क्षमतातथादक्षताकाआधारमा कसरी सहयोग गर्न सक्छ भन्ने मात्र एउटा उदाहरण हो । नेपाली जनता को सेवागर्ने हाम्रो प्रतिबद्धतामा कुनै सम्झौताहुँदैन ” भन्नु भयो ।


स्वास्थ्य तथा जन संख्यामन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड विरुद्धको यस सहकार्यका बारेमाधारणा राख्दै “पुरै विश्वनै यस स्वास्थ्य संकटको विशम परिस्थिती


बाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धीजनसचेतनामुलककार्यहरुले प्रमुखभुमिका राख्दछ भन्नु भयो  । उँहाले कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामायसको नियन्त्रण तथा रोकथामको लागिएनसेलले जनस्वास्थ्य सम्बन्धीजनचेतना फैलाउनपुर्याएको सहयोगको हामी सरह्नागर्दछौं । कोरोनाभाइरस महामारीको प्रतिकार्यका लागि पुरा विश्वमा नै सरकारहरु, एनसेल जस्ता निजी क्षेत्रहरु र युनिसेफ जस्ता संस्थाहरु एकजुट भई यसको रोकथामको लागिकार्यहरु गरिरहेका छन् ।हालको अवस्थामा कोरोना प्रतिकार्यका लागिनयाँ समाधान र विशेषज्ञताका साथडटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य छ ।”

“कोभिड–१९ बालबालिका, परिवार तथा पुरै विश्वभरका समुदायको लागि सार्वजनिक स्वास्थ्य संकटको रुपमा रहेको छ । यनिसेफले नेपाल सरकारसँगको सहकार्यमा यस महामारीसँग लड्न काम गरिरहेको छ र एनसेल जस्ता विभिन्ननिजी संस्थाहरुसँगको सहकार्यले कोरोना विरुद्घको अभियानमावास्तवमै ठूलो महत्व राख्दछ । भन्नु भयो । यसै गरि नेपालकालागियुनिसेफकाप्रतिनिधिएल्के विस्चले विशेषत यस संकटको समयमामानिसहरुलाई कोरोनाबाट बच्ने महत्वपुर्ण सन्देशहरु प्रवाहमागरिएको सहयोग निकैनै महत्वपूर्ण छ, ” भन्नु भयो  । 

एनसेलले जनस्वास्थ्य सम्बन्धीजनसचेतनाअभिवृद्घिमा सहयोग गर्ने प्रतिबद्घताका साथ स्वास्थ्यतथा जनसंख्यामन्त्रालय र राष्ट्रिय स्वास्थ्यशिक्षा, सूचनातथा सञ्चार केन्द्रसँगसमझदारी पत्रमा हस्ताक्षर गरेको छ ।साथै एनसेलले जनसचेतनाजगाउनेकार्यका लागियुनिसेफ नेपालसँगपनिसमझदारी पत्रमा हस्ताक्षर गरेको छ । 


कोरोनाभाइरससम्बन्धीजनसचेतनाअभिवृद्घि अभियानमाएनसेलले बहिरा कलाकार सुजलबमको साथलिई महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रुपमा समाजमा रहेका सबै वर्गमाझयीे सन्देशहरु पुर्याउने काम गरिरहेको छ । कोराना संक्रमणबाट बच्न र बचाउनयीसन्देशहरुएनसेलले आम सञ्चारका विभिन्न माध्यमबाटसमाजकाहरेक तह र तप्कासम्मपु¥याउने काम गरिरहेको छ ।कोरोनाभाइरस विरुद्घको पहलअन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमाअत्यावश्यकव्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्नतथाक्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ रु १० करोड योगदान गरेको थियो । यसका साथै कम्पनीले कोभिड–१९ विपद् व्यवस्थापन केन्द«लाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउँदै आएको छ र साथै वैशाख २०७७ देखि नै यूएसएसडी सर्वेक्षणबाट कोरोना संक्रमितपत्तालगाउनपनि मद्दत पुर्याउँदै आएको छ ।


, , , , ,