जिल्ला प्रशासनमा पनि आलोपालो


जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले आफ्नो कार्यलयबाट हुने सेवालाइ आलोपालो को योजना लागु गरेको छ ।  बिश्वव्यापी रुपमा फैलिएको कोरोना महामारिका कारण कार्यलयमा बढी भिड भाड हुन नदिनका लागी १२ पालीकामा आलोपालो गरेको हो । जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सुचना जारी गरेर उस्तो जनाएको हो ।


साहयक प्रमुख जिल्ला अधिकारी  बाबुराम खनाल द्धारा जारी सुचनामा २४ गते देखी लागु हुने गरि  जिल्ला प्रशासन कार्यलयबाट दिइने सेवाहरुमा आइतबार चौतारा साँगाचोकगढी नगरपालीका र जुगल गाँउपालीका सोमबार मेलम्ची नगरपालीका र बलेफी गाँउपालीका त्यस्तै मङ्गलबार बाह्र्बिसे  नगरपालीका र हेलम्बु गाँउपालीका बुधबार त्रिपुरा सुन्दरी गाँउपालीका र लिसखुंपाखर गाँउपालीका बिहीबार भोटेकोशी गाँउपालीका र पाँचपोखरी गाँउपालीका र शुक्रबार सुनकोशी गाँउपालीका र इन्द्रावती गाँउपालीका का नागरिकलाइ सुबिधा दिइने बताइएको छ । 


, , , ,