श्रोत मात्र भएर हुदैन त्यसको सही परिचालन हुन जरुरी छ तामाङ्ग


नगरपालीकामा भएका श्रोत र साधनको सदुपयोग गर्दै नगरका नागरिकको आय स्तर बुद्धी गर्न आफु लागी परेको नगर प्रमुख अमान सिंह तामाङ्गले बताउँनु भएको छ ।


उँहाले चौतारा साँगगाचोकगढी नगरपालीका भित्रका मानीसहरु सबै मेरा आफ्नै परिबार सरहका भएकाले तेरो मेरो नभनीकन सबैलाइ समान सहयोग गर्नका लागी आफु ले बिभिन्न कार्यक्रमहरुमा सहजीकरणका लागी सहयोगीहरु सँग मिलेर काम गरिरहेको बताउँनु भयो । उहाले श्रोत मात्र भएर हुँदैन त्यसको सही परिचालन गरे मात्र  श्रोतको उपयोग गर्न सकिने बताउँनु भयो । 

उँहाले  बन ब्यबस्थापनमा पनि सहजीकरण गरेर अगाडी बढ्ने बताउँनु भएको छ । उँहाले उक्त कुरा नगर बन महासंघ द्धारा आयोजित बन ब्यबस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाइ सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । सामुदायक वन उपभोक्ता महासङ्घ  नेपाल चौतारासाँगाचोकगढी नगर स्तरिय नगर  महासङ्घ द्धारा  समूह ब्यबस्थापन  सवाल तथा उपभोक्ता मुखि नीति कार्यक्रम सम्बनधि अन्तर क्रिया कार्यक्रम मा उँहाले यस्तो बताउँनु भएको हो  ।उँहाले  बन, जङ्गल,को सरक्षण गर्दै त्यँहा भएका सामाग्रीहरुको सही सदुपयोग गर्न सके मात्र हामी सक्षम बन्न सक्छौ ,जँहा का नागरिकलाइ आय  आर्जन गर्न, स्वरोजगारमा सहयोग गर्न सकिन्छ त्यहा नगरपालीकाकाले सहयोग गरिरहेको बताउँदै यस्ता कामहरुमा नगरपालीका बाट हुन सक्ने र गर्न सक्ने सहयोग गरिरहने बताउँनु भयो । चौतारासाँगाचोकगढीनगरपालिकाका प्रमुख अमानसिह तामाङ्ग को   प्रमुख अतिथ्यतामा भएको कार्यक्रम मा उप प्रमुख जानुका पराजुली, नगर बन तथा वातावरण ब्यबस्थापन  संयोजक तथा वडा न १४ का वडाअअध्यक्ष शेर बहादुर श्रेष्ठ , वडाअध्यक्षहरु चौतारासाँगाचोकगढी नगरपालिका वडा न १का वडाअध्यक्ष सानोकान्छा श्रेष्ठ,४का वडाअध्यक्ष चुणामनि नेपाल,५का वडाअध्यक्ष नरमान श्रेष्ठ,६ को तोक बहादुर तामाङ्ग, ८का वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ, ९का वडाअध्यक्ष बिष्णु लामा ११का सुशील माझी १३का वडाअध्यक्ष रामप्रसाद गौतम बन अभियान्ता सामुदायक बन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामचन्द्र बस्नेत लगायत जनप्रतिनिधिहरु नगरका विभिन्न बन उपभोक्ता समुहका प्रतिनिधि विभिन्न राजनितदलका प्रितनिधिहरुको  समेत उपस्थिति रहेको थियो । सामुदायक नगर बन उपभोक्ता महासङ्घको सचिब दयालक्ष्मि श्रेष्ठले कार्यक्रम सञ्चालन  गर्नु भएको थियाभने कार्यक्रममानगर सचिब ऋषीराम नेपालले स्वागत मन्तब्य राख्नु भएको थियो  ।कार्यक्रममा  डिभिजनकार्यलयक सब डिभिजन अधिकृत भक्त बहादुर श्रेष्ठले  जिल्लामा रहेको बनको अबस्था बन सम्बन्धि ब्यबस्थापनका बारेमा जानकारि दिदै जिल्ला भरि रहेको  ५२७समूह मध्य ९६ समूह चौतारामा रहेको बताउनु भयो। उँहाले बन सरक्षण तथा यसबाट हुनेआयआर्जनका  बारेमा पर्याप्त मात्रमा  काम गर्न नसकिएको बताउनु भयो उहाले स्थानिय तहले बन क्षेत्रलाई प्रथमिकतामा राखेर काम गर्न पर्ने, जडुबडी खेति बिस्तार तथा आयमुलब काममा लाग्न प्रोत्साहन गर्न पर्ने बताउँनु भयो ।उन्नत बन ब्यबस्थापन बाट जिबिकोपार्जन सुधार गर्नू पर्ने बताउँनु भयो । कार्यक्रममा भ्ल्ीक्षत् ,फरेष्टएक्सन नेपालका अनुसन्धानकर्ता श्याम भण्डारिले ब्यबस्थित बन ब्यबस्थापनबाट हुने आय आर्जन र यसबाट हुने फाईदाकाबारेमा जानकारि दिनु भयो। उँहाले सहभागिमूलक व्यवस्थापन मार्फत वनको संरक्षण भई वन क्षेत्र बढेको र वनको अवस्थामा सुधार आएको वन बाली वयस्क भएको र मुल्य श्रृङ्खला तथा उद्यमसँग जोड्दै वनबाट आर्थिक लाभ बढाउनुपर्ने वन क्षेत्रको अवस्था र उपभोक्ताको चाहना अनुसारको वन विकास गर्न उपयुक्त वन सम्वद्र्धन प्रणालीको खोजि गर्नुपर्नेवन व्यवस्थापन र वन उद्यममा विपन्न वर्गलाइ सहभागि गराउन समावेशी सूशासनको प्रक्रियाको खोजी गर्नुपर्नेस्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समूहबीच सहकार्यका प्रभावकारी ढाँचा र संयन्त्रको खोजि गर्नूपर्ने   देखीएको ले यसलाइ ध्यान दिन पर्ने बताउँनु भयो । यसैगरी  च्भ्ऋइँत्ऋका राष्टिय प्रतिनिधि    शम्भु दङ्गालले  बन ब्यबस्थापन सम्बन्धित नीति निर्देशिका रिनयमावलि समेत लाइ ख्याल गरि कार्य योजना बनाएर लागुगर्न सके  स्थानिय सरकारले यसबाट रोजगार तथा आयआर्जनमा समेत सहयोग पुग्ने बताउँनु भयो ।कार्यक्रममा भ्ल्ीक्ष्ँत् परियोजनाका राष्टिय सङ्योजक नया शर्मा पौडेलले सहभागीहरुको जिज्ञासाको जबाफ दिदै बन ब्यबस्थापनमा देखीएका समस्या समधानका लागी स्थानीय सरकार ले बिशेष पहल र सहयोग गर्न पर्ने बताउँनु भयो । सामुदायक बन बन उपभोक्ता सघ नगर का अध्यक्ष जनकराज गिरिको सभापतित्वमा भएको कार्यक्रममा बागमति प्रदेस बन उपभोक्ता महासङ्घका  सदस्य नेत्र धितालले बनमा भएका रुखहरुलाई ब्यबस्थापन गर्न का लागि सबै लागि पर्नु पर्छ भन्नू हुँदै बनले उपभोक्तालाइ ठुलो आम्दानि हुने बताउँनु भयो ।  सामुदायक बन उपभोकता हरुले बनमा भएका पुराना रुख काटेर बिक्रि गर्ने र नया रुखहरु को ब्यबस्थापन गर्न  सके बनको पनि सरक्षण हुने  यस बाट आम्दानि पनि हुने धितालले बताउँनु भयो।उँहाले श्रोत भयर मात्र धनी हुने होईन यसलाइ ब्यबस्थापन गर्न सके मात्र धनी हुन सकिने बताउँनु भयो । कार्यक्रममा नगर उप प्रमुख जानुका पराजुलीले सके सम्म उत्पादनमुलक कामका लागी यसरी खेर गइरहेको प्रकृतीक श्रोत र साधनको सदुपयोग गरेर अगाडी बढ्ने योजना नगरको रहेको बताउँनु भयो । बन उपभोक्ता महासघंका  केन्द्रीय सदस्य रामचन्द्र बस्नेतले बन संरक्षणमा स्थानीय सरकार र स्थानीय नागरिकहरु नै बढी सचेत हुन पर्ने बताउँनु भयो । चौताराको फिल्ड ट्रेडिङ्ग हलमा भएको कार्यक्रममाबन सँग सम्बन्धित  सरोकारवालाहरुको उपस्थिति रहेको थियो। 


, , , , ,