जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिता ओपन तर्फ प्रकाश र रमेशको जोडी विजयी

चौतारा ।

जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिताको डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम हुनुभएको हो ।


खाडीचौरमा भएको भेट्रान डबलतर्फ मेलम्चीका नवराज भट्टराई र राजन श्रेष्ठ विजयी हुनुभयोे । उहाँहरुले फाइनलमा लालकाजी कार्की र दिनेश थापालाई पराजित गर्दै प्रथम हुनुभएको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी हुनेलाई नगद तीस हजार, ट्रफी, दोस्रो हुनेलाई नगद १५ हजार, ट्रफी र सेमिफाइनलसम्मको यात्रा तय गर्नेलाई नगद सात हजार पाँच सय रुपैयाँ प्रदान गरियो । विजयीहरुलाई वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पुरस्कार वितरण गर्नुभयो ।

, ,