इन्द्रावतीको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नवलपुर ।

ईन्द्रावती गाउँपालिकाको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।


कुनै प्राविधिक समस्या नआए लक्ष्य अगाडी नै भवन निर्माणको काम सकिने गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । उनका अनुसार पुस अन्तिममा सकिइने अनुमान गरिएको छ । भवनको गएको फागुनमा शिलान्यास गरिएको थियो ।

भवनको भौतिक निर्माण करिब करिब सकिन लागिएको छ । फर्निचरको काम तीव्र गतिमा भइरहेको छ । रंगरोगनपछि भवन निर्माण सकिनेछ ।

६ करोड ५१ लाख ७२ हजार ९ सय ९३ रुपैया लागतमा निमार्ण हुने भवन टक्सार स्वराग जेभिले निमार्ण गर्ने जिम्मा पाएको हो । ३० ओटा कोठा २ सय जना अट्ने मिटिङ हलसहित भवन निर्माण भएको हो । बौद्ध धर्मावलम्बीको पुरानो कला ,सस्कृति झल्कने गरी प्यागोडा शैलीको छाना रहने अध्यक्ष तामाङले जानकारी दिनुभयो । १६ रोपनि जग्गा मध्य ५ हजार ५ सय ६० स्क्वाइर फिट जग्गामा भवन निर्माण गरिएको हो । छुट्टै न्यायिक कक्ष समेत बन्ने गरी ३ तलाको भवन छ । अहिले गाउँपालिका कार्यलय साविक नवलपुर गाविसको भवनबाटै संचालन भइरहेको छ ।


,