आगलागी पिडीतलाई राप्रपा सिन्धुपाल्चोकको नगद सहयोग

चौतारा,

राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले पाँच पोखरी थाङपाल गाँउपालिक वडा नं ७ भोटेनाम्लाङका आग्लागी पिडीतलाई नगद राहत वितरण गरेको छ ।


 माईला ताँमाङ, काईला तामाङ, रामसिँ तामाङलाई प्रती ब्यक्ति रु ४२ हजार २०० को दरले हस्तान्तरण गरिएको राप्रपा जिल्ला सचिव नातीकाजी सापकोटाले जानकारी दिनुभयो । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सिन्धुपाल्चोक द्वारा पाँच पोखरी थाङपाल गाँउपालिक वडा नं ५ गुन्साका आगोलागी पिडीत जेठा बोम्जन साँङ्बो ताँमाङ सानु कान्छा तामार्ङ लाई रु ४० हज्जारको दरले नगद हस्तान्तरण गरिएका छ।

राहत वितरण कार्यक्रममा पूर्व सांसद रमेश लामा, केन्द्रीय सदस्य उदय सापकोटा, जिल्ला अध्यक्ष नरसिंगोपाल श्रेष्ठ र २ नं. क्षेत्रीय उपाध्यक्ष प्रकाश बस्नेत वडा नं ४ का निर्बाचित अध्यक्ष राम बाहादुर थोकर चिन बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


, ,