सिन्धु विकास बैंक उत्कृष्ट करदाता

चौतारा ।

सिन्धु विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । नवौं कर दिवस २०७७ का अवसरमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले सिन्धु विकास बैंकलाई सम्मान गरेको हो ।


२०७६ सालमा सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा आन्तरिक राजस्व कार्यालयले सिन्धु विकास बैंकलाई सम्मान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बताउनुभयो । सिन्धु विकाससँगैं स्वरोजगार लघुवित्त विकास बैंक पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

हरेक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ । सिन्धुपाल्चोक, काभ्रे र दोलखा जिल्लाको बैंकको शाखा कार्यालयबाट कर बुझाउन धुलिखेल आउनुपर्ने बाध्यता छ । सिन्धु विकास बैकको ५ वटा जिल्लामा शाखा कार्यालयहरु छन् । काभ्रे, दोलखा, सिन्धुपाल्चोक, चितवन र मकवानपुरमा बैंकको शाखा छ ।


, ,