गुन्साको आगलागी पिडितहरुका लागि लायन्स क्लब अफ मेलम्चीको सहयोग

चौतारा । 

लायन्स क्लब अफ मेलम्चीले बुधबार राती गुन्सामा भएको आगलागि पिडितहरुका लागि राहत वितरण गरेको छ । 


लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक बद्द अन्तर्गत लायनस क्लब अफ मेलम्चीले पिडितहरुका लागि ५ सेट डस्न, सिरक, भाँडाकुँडा, लत्ताकपडा र खाद्यन्न सहयोग गरिएको लायन्स क्लब अफ मेलम्चीका उपसभापति शिवराम भट्टराईले जानकारी दिनुभयो ।

 गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिका प्रमुख सल्लहाकार माधव प्रसाद पाण्डेको उपस्थितीमा राहत वितरण गरिएको हो । बुधबार राती विद्युत सर्ट भई आग्लागी हुँदा जेठा तामाङ, साङ्बो तामाङ र सानोकान्छ तामाङ बस्ने संयुक्त घरमा आग्लागी हुँदा २१ लाख बराबरको क्षती भएको थियो । पिडितहरुको लागि तत्कालका लागि अत्यावश्यक सामाग्री वितरण गरिएको उप सभापति भट्टराईले बताउनुभयो ।

, , , ,