नेत्रज्योती सहकारीले कृषीमा सहयोग गर्ने

चौतारा । 

सहकारिताको माध्यमबाट  बाँझो जग्गाको सदुपयोग गर्नेलाइ  नेत्रज्योती कृषी सहकारी सस्थाले  आबश्यक सहयोग गर्ने भएको छ । 

सस्थाका अध्यक्ष बाबुराम बस्नेतको अध्यक्षतामा बसेको  बैठकले यस्तो निर्णय गरेको हो । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४ डडुवामा रहेको उक्त सस्थाले आफ्ना शेयर सदस्यहरुले उत्पादन गरेको तरकारी , फलफुल ,सङ्कलन गर्ने, बिक्रीबितरण गर्ने, समयमा नै माग बमोजिमको बिउ, मल उपलब्ध गराउँने , बिभिन्न जडीबुढी उत्पादन तथा सरक्षण गर्ने सफा खानेपानीको ब्यबस्था गर्ने लगाएतका कामहरु गर्ने गरि बिभिन्न जिम्मवेवारि दिएको छ । 

सहकारी सस्थाले सुपथ सहुलियत पसल समेत सञ्चालन गर्ने भएको छ । यसका लागी सस्थाको तर्फ बाट श्रृजना श्रेष्ठ बस्नेतलाइ जिम्मेवारि दिइएको छ भने  मल उपलब्ध गराउँनका लागी राजेन्द्र बस्नेत , कुवा सफा गर्न तथा सफा पानीको ब्यबस्थापन गर्न, भरत बस्नेत,डम्बर भण्डारी ,फोैजबहादुर बस्नेत त्यस्तै तरकारी तथा फलफुल ब्यबस्थापनका लागी सस्थाका अध्यक्ष  बाबुराम बस्नेत, बलराम बस्नेत लाइ जिम्मवेरी तोकीएको छ ।

सस्थाले बङ्गुर पालन शुरु गरेको ले उक्त कार्य सम्पन्न गर्नका लागी सस्थाका सचिब मोहनबहादुर बस्नेत(शम्भु)लाइ जिम्मा दिएको छ भने गाँउमा रहेको बाँझो जग्गाको सदुपयोग गरि उतपादनमुलक काममा लगाउँनका लागी ठुलो चोक बहादुर बस्नेतलाइ जिम्मा दिएको छ । सस्थाले सदस्यहरुको आयआर्जनमा बुद्धी गनृका लागी गुन्द्रुक जस्ता घरायसी खाद्यन्नको परिकार निर्माण गर्ने  प्रशिक्षण कार्यक्रम राख्ने समेत निर्णय गरिएका छ उक्त कार्य सम्पन्न गर्नका लागी  सस्थाले नकुल बस्नेतलाइ जिम्मवेवारी तोकेको छ ।

 बिशेष गरि सहकारी सस्थाले गाँउमा रहेको बाँझो जग्गालाइ खेतीयोग्य बनाउँन र समुहगत रुपमा गाइ भैसी, बाख्रा पाल्नका लागी   आबश्यक सहयोग गर्ने निर्णय समेत गरेको सस्थाका सचिब मोहन बस्नेतले जानकारि दिनुभयो । 


, ,