११र १२ गते राष्ट्रिय भिटामिन खुवाइदै


बिहीबार र शुक्र बार अर्थात मंसीर ११ र १२ गते राष्टीय भिटामिन ए र जुकाको औषधी खुवाउँने कार्यक्रम रहेको छ । यस सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला मा पनि यो कार्यक्रमले निरन्तरता पाँउने भएको छ । स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका  जनस्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाइका अनुसार जिल्लाका सबै स्थानीय तहमा रहेका महीला स्वास्थ्य स्वयम सेविकाले  खुवाउँने र  सम्बन्धीत बिद्यालयका  पोषण शिक्षक लगाएत स्वास्थ्य कार्यलयहरु ले तोकीएका मापदण्ड  अनुसारको भिटामिन ए , जुकाको औषधी र  वालभिटा खुवाउन सहयोग गर्ने भएको  छ । बिगतको बर्षहरुमा कार्तीक २ र ३ गते खुवाउँदै आएको यो औषधी यस बर्ष  बिभिन्न कारणले मंसीर ११र१२ गते खुवाउँने कार्यक्रम राखीएको  हो । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी  नगरपालीकाका १४ वटै वडामा रहेका साबीक ९०वडाका महीला स्वयम सेवीका मार्फत  खुवाइने ब्यबस्था मिलाइएको  नगर स्वास्थ्य शाखाका शिब पुरीले जानकारी दिनु भयो । यसै गरि जिल्लामा रहेका १२वटै स्थानीय तहहरुमा यो कार्यक्रम लागी तैयारी पुरा भइ सकेको समेत स्वास्थ्य कार्यलयले जनाएको छ । नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए, जुका विरुद्धको औषधि अल्बेण्डाजोल र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) खुवाउने कार्यक्रम सञ्चालन गर्दै आइ रहेको छ।अर्धवार्षिक रुपमा सञ्चालन हुने यो कार्यक्रम चालु आर्थिक वर्षको प्रथम चरणको रुपमा यही २०७७ मंसिर ११ र १२ गतेका दिन देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुबाट निःशुल्क वितरण गरिने कार्यक्रम रहेको छ ।राष्ट्रिय अभियान अन्तर्गत ६ महिनादेखि १२ महिना उमेर समूहलाई आधा क्याप्सुल (१ लख आइयु) र १२ महिनादेखि ५ वर्षसम्मलाई एक क्याप्सुल ( २ लाख आइयु) भिटामिन ए वितरण गरिन्छ। त्यस्तै, १२ महिनादेखि २ वर्षसम्म आधा ट्याबलेट ( २०० एमजी) र २ वर्षदेखि ५ वर्षसम्म उमेर समूहलाई एक ट्याबलेट (४०० एमजी) जुका विरुद्धको औषधि अल्बेण्डाजोल वितरण गरिन्छ। त्यसैगरी ६ महिनादेखि २ वर्ष उमेर समूहका बालबालिकालाई बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) पनि वितरण गरिन्छ। यद्यपि यस्ता औषधि वा पोषक तत्वहरु बालबालिकालाई खुवाउँदा बालबालिकामा दीर्घरोग, खुवाउन नमिल्ने अवस्था वा अन्य स्वास्थ्य समस्या आदिको मूल्यांकन गरेर तालिमप्राप्त स्वास्थ्य सेवाप्रदायकको सल्लाह लिनुपर्छ। भिटामिन ए वितरण कार्यक्रम अन्तर्गत भिटामिन ए क्याप्सुल, जुका विरुद्धको औषधि अल्बेण्डाजोल ट्याबलेट र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) समेतले रोग प्रतिरक्षा शक्ति बढाउने र श्वासप्रश्वास सम्बन्धी रोगलाई रोकथाम गर्न पनि सहयोग पु¥याउँछ।

 


, , , , ,