COVID-19 सँगै जाडो मौसम र कोरोनरी मुटुरोग
डा युवराज लिम्बू,
बरिष्ठ मुटुरोग बिशेषज्ञ
सन् 2019 को डिसेम्बरमा चीनको उहान् शहरमा देखा परेर तिब्र रुपले
विश्वब्यापी रुपमा फैलिएको COVID-19 लाई WHO ले महामारीको रुपमा घोषणा गरेको करिव
आठ महिना सम्मको अवधिमा विश्वभर करिव साढे पाँच करोड व्यक्ति कोरोना भाइरसको
संक्रमणबाट संक्रमित भइसकेका छन् भने COVID-19 को कारण तेह्र लाख भन्दा बढी
व्यक्तिको मृत्यु भइसकेको छ l
संक्रमितहरु मध्ये करिव सत्तरी प्रतिशत व्यक्तिहरु
पूर्ण रुपले निको पनि भइसकेका छन् l तथ्यांक अनुसार बढी उमेर समुहका बृद्ध
पुरुषहरु साथै दीर्घ रोगहरु जस्तै; मुटु र रक्तनलीको रोग, उच्च रक्तचाप, मधुमेह,
दमको रोग र क्यान्सर आदि बाट ग्रस्त दीर्घ रोगीहरुको समुहमा COVID-19 को मृत्यु दर
बढि देखिएको छ l गत बर्ष जाडो मौसमबाट देखा परेको COVID-19, यस बर्ष जाडो मौसममा
यसको जोखिम र संक्रमणको अवस्था कस्तो हुने हो हेर्न बाँकि नै छ l
तुलनात्मक रुपमा
हेर्दा COVID-19 को संक्रमणबाट स्वस्थ्य व्यक्तिहरुको समुहको तुलनामा मुटु र
रक्तनली बिमारीहरुको समुहमा मृत्यु दर बढि देखिन्छ l
मुटु र रक्तनली बिमारबाट
संसार भरि प्रति बर्ष सबै भन्दा धेरै अर्थात् करिव एक करोड पचहत्तर लाख भन्दा बढि मानिसको मृत्यु हुने
गर्दछ l सम्पूर्ण मुटु र रक्तनली रोगहरुबाट हुने मृत्युहरुमा कोरोनरी मुटुरोग, जस्को
कारण हार्ट एट्याक (Heart attack), हार्ट फेलियर (Heart failure) र मुटुको चालमा
गडबड हुने वा हार्ट ब्लक हुने गर्दछ, बाट सबै भन्दा बढि मानिसको मृत्यु हुने गर्दछ
l COVID-19 को संक्रमणबाट रक्तनलीहरुमा इन्फ्लामेशन (Inflammation) हुने साथै रगत
जम्ने प्रक्रियामा गडबडी हुने हुनाले हार्ट एट्याक हुने नयाँ कारणहरु अध्ययनले
देखाएको छ l
यसको साथ साथै COVID-19 संक्रमणको त्रासले हार्ट एट्याकका बिमारीहरु
समयमै हस्पिटल नपुग्नाले उपचार पद्धतिको प्रभावकारिता घट्ने र मृत्यु दर बढेको
कुरा अध्ययनहरुले पुष्टि गरेको छ l यस बर्ष जाडो मौशमको सुरुवात सँगै मुटु र
रक्तनली बिमारीहरुले बिशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ l अत्याधिक
चिसो आँफैमा शरीरको लागि एक स्ट्रेस (Stress)
हो l
चिसो वा जाडो मौसममा शरीरका बाहिरी रक्तनलीहरु खुम्चिएर रक्तचाप
वृद्धि हुने हुनाले शरीरमा रक्तसंचार प्रवाह गर्न मुटुलाई बढी काम गर्नुपर्ने
हुन्छ l जाडोको कारण रक्तनलीहरुमा रगत जम्ने प्रकृया बढी सकृय हुन् सक्तछ l यिनै
कारणहरुले गर्दा जाडो मौसममा कोरोनरी मुटुरोग सम्बन्धि बिमारीहरुलाई बढी छाती
दुख्ने वा हार्ट एट्याक हुने सम्भावना बढी हुन्छ l
जाडो मौसममा कोरोनरी मुटुरोग
सम्बन्धि बिमारीहरु र बृद्ध उमेर समुहका व्यक्तिहरु बढी जोखिममा हुने हुनाले बढी
सावधानी अपनाउनु पर्ने हुन्छ l यस कारण
जाडो मौसममा निम्न कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ;
Ø आफ्नो घर, कोठा न्यानो राख्ने l मन तातो पानी प्रयोग गर्ने, न्यानो र
सन्तुलित खाना खाने l
Ø न्यानो वातावरणमा सकृय रहने र शरीरलाई न्यानो राख्ने l एक्कासी बढी
धपेडी वा अत्याधिक ब्यायाम नगर्ने र शरीरलाई आवश्यकता भन्दा बढी तातो नबनाउने l
Ø अनावश्यक रुपमा घर बाहिर जाडोमा हिँडडुल नगर्ने l आवश्यक परेमा न्यानो
कपडा लगाउने l कपडाहरु बिभिन्न पत्रमा लगाउने यसकारण आवश्यकता अनुसार सबै भन्दा
बाहिरको कपडा खोल्न पनि सकियोस र शरीरलाई न्यानो पनि राख्न सकियोस l कपडा लगाउँदा
टाउको, अनुहार र हातहरुलाई पनि ख्याल गर्नु पर्दछ त्यसैले जाडो मौसममा टोपी,
स्कार्फ, मफलर र पन्जाको प्रयोग गर्ने l
Ø मध्यपान नगर्ने l
Ø जाडो मौसममा शारीरिक सकृयता कम रहने हुनाले आफ्नो शारीरिक वजन बारे
सचेत रहने l
Ø जाडो मौसममा आफ्नो रक्तचापको अवस्था र शरीरमा कोलेस्टेरोलको मात्रा
बारे सचेत रहने l मधुमेह बारे पनि सतर्क रहने l
Ø औषधिहरु नियमित रुपमा सेवन गर्ने र नियमित रुपमा स्वास्थ्य परिक्षण
गर्ने l
Ø छाती दुख्ने वा मुटु रोगको शंका भएमा तुरन्त हस्पिटल जाने l
Ø COVID-19 को संक्रमणबाट बच्न अपनाउनु
पर्ने बिज्ञान सम्मत ज्ञान र WHO को गाइडलाईन (Guideline) बारे अध्यावधिक
(Up-to-date) रहने l
Ø मौसमी रुघा, खोकीबाट बच्ने र Flu vaccine लगाउने l