पुर्बमन्त्री तामाङ राहत लिएर पुगे अग्नि पिडितको छाप्रोमा

मेलम्ची । 

सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का संघीय सांसद एबम पुर्ब मन्त्री शेर बहादुर तामाङले आफ्नो निर्बाचन क्षेत्रमा पर्ने पांचपोखरी थाङपाल गाउंपालिकामा गत मंसिर १ गते र ३ गते भएको आगलागीबाट ध्वस्त भएका ६ घरधुरीका पिडितहरुलाई राहत हस्तान्तरण गर्नुभएको छ ।


उहांले उक्त पालिकाको वडा नं ७ मा मंसिर १ भएको आगलागी पिडितहरु माईला तामाङ ,काईला तामाङ र रामसिं योन्जन र मंसिर ३ गते वडा नं ५ गुन्सामा जेठा बोम्जनका छोराहरु सहितको घरमा भएको आगलागीका पिडितहरुलाई घटनास्थलमा नै पुगि १० बण्डल जस्ता हस्तान्तरण गरेका हुन ।

उक्त हस्तान्तरण कार्यक्रममा जनजाती नेता लायुर लामाको पहलमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाबाट प्राप्त रु ५०००० र स्थानिय नेकपा नेता निर्मल बन्जारा मार्फत संकलन गरिएको रु २७००० बाट १० बन्डल जस्ता खरिद गरि हस्तान्तरण गरिएको माननीय तामाङका स्वकीय सचिब निर्मल बन्जाराले बताउनुभयो । उक्त हस्तान्तरण कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष सार्कि तामाङको पहलमा संकलित रकममा पालिकाका नेकपा नेताहरु मदन गुरुङ ,नारायण गुरुङ र ईन्द्रावतिका नेकपा नेता उत्तम बानियांको सहयोग रकम समेत थप गरि रु.१०७५००(एक लाख सात हजार पांच सय नगद समेत वडा नं ७ भोटेनाम्लाङका अग्निपिडितहरुलाई हस्तान्तरण गरिएको थियो ।

उक्त राहत हस्तान्तरण कार्यक्रममा नेकपा प्रदेश कमिटि सचिबालय सदस्य चन्द्र बहादुर थापा,पालिका कमिटि ईन्चार्ज फुर्पा स्याङ्बो,वडा अध्यक्ष सार्कि तामाङ,स्थानीय नेताहरु मदन गुरुङ,नारायण गुरुङ,राजेन्द्र गुरुङको समेत उपस्थिति रहेको थियो भने वडा नं ५ गुन्सामा भएको राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष काले गोले,वडा सदस्य पदम तामाङ ,युबा संघ नेपालका जिल्ला कमिटि सदस्य कृष्ण थिंङ लगायतको उपस्थिति रहेको थियो ।उनले सहयोगदाताहरु प्रति हार्दिक आभार समेत प्रकट गरेका छन ।

, ,