मेलम्ची ।
लैङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार मेलम्ची नगरपालिकाको न्यायिक समितिमा लैङिक हिंसा सम्बन्धी आएका बिबादका बिषयमा आएका समस्याका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अन्र्तक्रियाको सम्बोधन गर्दै मेलम्ची नगरपालिका का उपप्रमुख भगवती नेपालले नगरपालिकाकाा आएका केही को बिबाद समाधान भैसकेको र केही अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
कार्यक्रम मा सहभागी मेलम्ची नगरपालिका वडा नम्बर ९ निबासी सरिता स्याङ्बो हिंसा मा परि १ बर्ष अघि मिलेर गएको र अहिले श्रीमान सङ राम्रो सम्बन्ध राम्रो रहेको सुनाइन ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कुमार प्रशाद कोइराला ले लैङिक हिंसा कम गर्न नारा जुलुस भन्दा पनि सोच परिवर्तन गर्नु पर्ने जरुरी रहेको र हिंसामा परेकालाइ दिएको सिपमुलक तालिम ब्यबहार मा उतार्नुपर्ने बताउनुभएको छ ।
नगरपालिकाले लैंगिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सबै वडा का अगुवा बिध्यालयमा सुझाव पेटिका राख्ने र निबन्ध प्रतियोगिता बक्तित्व कला लगयात विभिन्न गतिबिधी हरु गर्दै आएको छ ।