७ वर्ष कैद भई फरार पहरी पक्राउ


चौतारा । 

१७ वर्ष ७ महिना ३ दिन कैद भई फरार भएका मानिस पक्राउ गरिएको छ । २०७२ सालको बिनासकारी भुकम्पबाट जिल्ला कारागार क्षति भई फरार रहेका बिर वहादुर पहरीलाई प्रहरी मंगलबार प्रकाउ गरेको छ । 

फैसला कार्यान्वयन अन्तर्गत गौवध मुद्दामा  १२ वर्ष र  थुनुवारकैदी भागे भगाएको मुद्दामा  ५ वर्ष ७ महिना ३ दिन गरि जम्मा १७ वर्ष ७ महिना ३ दिन कैद सजाँय भई फरार रहेका साविक ठोकर्पा गा.वि.स.वडा न.२ हाल सुनकोशी गा.पा.वडा न.१ पहरीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

 फरार भएको ५ वर्ष ७ महिना २२ दिन पछि प्रकाउ गरिएको पहरीलाई मंगलबार नै सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा उपस्थित गराईएको छ  ।


, ,