भब्यकासाथ १४ नं वडाभवन उद्घाटन जग्गादाता सम्मानीत


नेत्रबहादुर बस्नेत ,


चौतारा साँगाचोकगढी नगर पालिका वडा नै १४ को वडाकार्यलय भवन एक समारोहका बिच उद्घाटन भएको छ ।


  ४४लाख रुपैयामा निर्माण भएको १४ नं वडाकार्यलय  भवनको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिह तामाङ्गले संरचना बनेर मात्र हुँदैन त्यसको  संरक्षण र ब्यबस्थापनमा ध्यान दिन सके मात्र यसको बास्तविकता रहने बताउँनु भएको छ ।

उँहाले सिहदरबारको अधिकार गाँउमा आएको साँच्चीकै अनुभब भएको बताउँनु हुँदै बिगतका दिनहरुमा पाँच लाखको बिकाश बजेट माग्न जाँदा पचास हजार खर्च हुने गरेको स्मरण गर्दैैै अहिले गाँउको बिकासका लागी  बिना खर्च बजेट आउँने गरेको बताउँनु भयो ।

नगरपालीकामा काठको पोल मुक्त अभियान तिब्ररुपले सफल भएको बताउँदै आँखा नदेख्ने आँखाको रोगीहरुलाइ चस्माको आबश्यकता भएमा नगरपालीकाले निशुल्क  चस्मा दिने भएकाले यसको सदुपयोग गर्न समेत अनुरोध गर्नु भयो ।

उँहाले बिकाशका कार्यक्रममा आफुले कहँी कतै  कसैलाइ पनि पक्षपात नगरेको र नगरका सबै नागरिक समान र्हैसियतमा रहन पर्ने आफ्नो धारणा रहेको बताउँनु भयो ।उँहाले १४ नं वडा कार्यलय निर्माणका लागी जग्गा दान गर्नू हुने अम्बर बहादु खत्री नेपाल र कृष्ण बहादुर खत्री नेपाललाइ बिशेष धन्यबाद दिनु भयो । 

यसै गरि कार्यक्रमका बिशेष अतिथी जानुका पराजुलीले सघीयताका अबधारणा अनुसार  हरेक वडाकार्यलयहरुबाट सबै खाले काम हुने गरेका कारण स्थानीय नागरिकले ठुलो सहयोग पाइरहेको उल्लेख गर्दै  वडा नं १४ले आफ्नै भवन निर्माण गरेर  आफ्नै भवनबाट सेवा दिन लागेकोमा  जग्गा दाता तथा वडाबासीलाइ बिशेष धन्यबाद दिनु भयो ।

यसै गरि नेकपाका नगर इन्चार्ज  रामचन्द्र बस्नेतले  २०४९सालमा स्थानीय निर्बाचन बहीस्कार गरेर बसेका डडुवाले सघीयता आए पछी स्तन्त्रता पाएको बताउँदै स्थानीय सरकारको प्रमुख भए पछी पाटीगत भन्दा पनी जनमानसको भावना अनुुसार काम गर्न पर्ने सबै पक्षलाइ समेटेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।

यसै गरि नेकपाका वडा इन्चार्ज बद्री प्रसाद नेपालले बिगतको सल्लाह सहमतीका आधारमा वडाकार्यलयको भवन निर्माण गरिएको  बताउँनु भयो । कार्यक्रममा वडा नं ४का वडा अध्यक्ष चुणामणी नेपाल , वडा सदस्य भेष बहादुर नेपाल लगाएतले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिब उमेश सिल्पकारले गर्नु भएको थियो  सभापतीको आशनबाट बोल्दै वडाअध्यक्ष  शेर बहादुर श्रेष्ठ ले समग्रमा आफुले समाजले दिएको मार्ग निर्देशन र स्थानीय वडाका सदस्यहरुको सल्लाह बमोजिम आफुले काम गरिरहेको र भबष्यिमा पनि सोही अनुसार गरिरहने बताउँदै आफुलाइ वडाकार्यलय भवन निर्माण गर्न सहज गरिदिनका लागी जग्गा उपलब्ध गराउँने अम्बरबहादुर  खत्री नेपाल,कृष्ण बहादुर खत्री नेपाललाइ बिशेष धन्यबाद दिनु भयो ।

उँहालेअब अरुले जती जग्गा दिए पनि नगद जती दिए पनि इतीहाँसमा दुइभाइको नाम पहिला आउँने बताउँनु भयो । कार्यक्रममा जग्गा दातालाइ बिशेष सम्मान गरिएको थियो ।


कार्यक्रमको समापन पछी हामी सँग कुरा गर्दै  नेकपाका अध्यक्ष उद्धब नेपालल वडाकार्यलयले आफ्नै भवन बाट काम शुरु गर्नका लागी जग्गा दान गर्ने  देखी लिएर वडाकार्यलय यस पबीत्र स्थान मुलधारामा निर्माण गर्न सहयोग गनु हुने सबैलाइ बिशेष धन्यबाद दिदै   बिकाश निर्माणमा सबै मिलेर अगाडी बढ्न पर्ने बताँउनु भयो । 

 यसै गरि धमला देबी आधारभुत बिद्यालयका प्रअ तथा समाजसेवी लालबहादुर श्रेष्ठले बिकासका लागी सबै एक ठाउँमा रहेर काम गर्न  १४ नं वडाबासी सक्षम छन भन्ने उदाहरण भएको बताउँनु भयो ।  जग्गा दाता अम्बर बहादुर खत्री नेपालले आफुहरुले दिएको जग्गाबाट  १४ नं वडाबासीहरुलाइ सेवा दिने थलोका रुपमा भवन बनेकोले खुशी लागेको बताउँनु भयो । अर्का जग्गा दाता कृष्ण बहादुर खत्री नेपालले हामीले जग्गा दान गरेको  पनि वडाबासीका सुबिधाका लागी भएकाले सबैले यसको संरक्षण  गर्न पर्ने बताउँनु भयो ।  


, , , , , ,