यस बर्षपनि गुफाडाँडामा जलवायु दिवस मनाइने

चौतारा । 

सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईने भएको छ । राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची  नगरपालिका वडा नं. ९ गुफाडाँडामा यस बर्षपनि दोस्रो जलवायु दिवस तथा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको हो । 


जलवायु दिवसको अवसरमा अन्र्तक्रिया सहितको विविध कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिनधुपाल्चोका प्रमुख कृष्ण गोपाल तामाङले जानकारी दिए । 

गत बर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको  सो कार्यक्रम कोभिड १९ का कारण सामान्य मात्रै गर्ने तयारी रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ । 

जलवायु सम्मेलनका क्रममा २०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।


, ,