संसद् विघटनविरुद्ध चौतारामा अनेरास्ववियू विरोध प्रदर्शन

चौतारा ।

आइतबार भएको संसद् विघटन विरुद्ध सिन्धुपाल्चोकको चौतारामा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन अनेरास्ववियूले विरोध प्रदर्शन गरेका छन् । 


आइतबार साँझ सत्तारुढ दल नेकपाकै बिद्यार्थी संगठनले प्रतिनिधि सभा बिघटनको बिरोध गरेको हो । संसद बिघटनको प्रतिगामी कदम खारेज गर भन्दै सडकमा नाराबाजी समेत गरेका थिए ।

पार्टी कार्यालयबाट बिद्यार्थीहरूले निकालेको बिरोध र्यालीले चौतारा सदरमुकाम परिक्रमा गरी सहिद गेटमा कोष सभा गरी सम्पन्न गरेको थियो ।

सो बिरोध कार्यक्रमा अनेरास्ववियूका केन्द्रीय सदस्य रञ्जित आचार्य सहित जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

, , ,