नेपालको राष्ट्रिय गौरव भारतीयको हातमा


विश्वराज खतिवडा (भक्तपुर बहुमुखीक्यम्पस, भक्तपुर),

भारत कहिले सशस्त्र बल प्रयोग गरेर ठाडै नेपालको भूमि अतिक्रमण गर्दै नेपालीलाई थर्काउँछ भनेँ कहिले छद्मरूपमा नेपाली राजनीतिमाप्रवेश गरेर नेपाललाई सधैँ अस्थिर राखिरहन्छ ।


नेपालको राजनीतिमाअहिले दुई वर्गको सङ्घर्ष छ । एउटा आफ्नो भन्दा राष्ट्रको अस्तित्व सबल हुनुपर्छ भन्ने वर्ग र अर्को आफ्नो लागिराष्ट्रिय अस्तित्वको ख्यालनगर्ने वर्ग । यस दोश्रो वर्गका नेपालीहरूमावरिष्ठ राजनीतिज्ञ, प्रहरी, प्रशासक, व्यापारी, टेक्नोक््रयाट आदिको ठुलै हिस्सा पर्दछ । त्यसैको फलस्वरूप नेपाल वषौँदेखि विदेशीरूको क्रीडास्थल रहँदै आएको पनिहो । खासगरी भारतीय हस्तक्षेपले नेपालको सामरिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा ठुलै अवरोध उत्पन्नगरिरहन्छ ।

भारत कहिले सशस्त्रबलप्रयोग गरेर ठाडै नेपालको भूमि अतिक्रमण गर्दै नेपालीलाई थर्काउँछ भनेँ कहिले छद्मरूपमा नेपाली राजनीतिमाप्रवेश गरेर नेपाललाई सधैँ अस्थिर राखिरहन्छ ।भर्खरै भारतीय सेनाकाचिफअफ डिफेन्स स्टाफ जनरल विपिन रावतमार्फत् नेपालको भारतसँगको र चीनसँगको सिमानाको बारेमातुलनागर्न नसकिने बताउँदै ‘चीनको नेपालसँगको सम्बन्धमाहिमालयनब्यारियर छ भनें दक्षिण सिमानाखुला र सहज’भन्ने अभिब्यक्तिदिनलगाउनुको कूटनैतिकआशयभारतको धम्कीहो। यसरीभारत सेनालाई बोल्न लगाएर बेलाबेलामा नेपाललाई धम्क्याइरहेको छ । यस कुराको पुष्टि वर्तमानमाओलीद्वारा संसद विघटन गरिएपछि भारतीयअवकाशप्राप्त मेजर जनरल अशोक मेहताले ‘यो घटनाक्रम भारतकालागि सकारात्मक र चीनकालागिभने निकै नकारात्मकभएको’ बताएका बाटैभएको छ ।अधिकांशतः नेपाली राजनीतिको पर्दा पछाडि बसेर भारतीय कूटनैतिकहरूले नेपालीशासकहरूलाई आफूअनुकुलचलाइरहेका छन् । सत्ताच्युतहोइने डरले नेपालकाशासकहरू भारतको इसारा मान्नबाध्य छन् । झट्ट हेर्दा नेपालका नेताहरू विकास विरोधी र स्वार्थी जस्तो लागेपनियसको नेपथ्यमाभारतीय कृटनीतिकै हात रहेको तथ्यविगत र वर्तमानको राजनीति हेर्दा प्रमाणित हुन्छ।

एउटा अहम् प्रश्न छ ः नेपालका नेताहरूले भारतीयको गुप्त हस्तक्षेप नमानेमा के हुन्छ ? यसै प्रश्नको उत्तरबाटै नेपालको वर्तमान राजनीतिबुझ्न सजिलो होला । भारतीयनाकाबन्दीको डटेर सामना गरेकै कारण ओलीदेखि भारत चिढियो ।त्यसैले उनी नेपालीजनताको विश्वासपात्रबन्न सफलपनिभए ।सिङ्गो नेपालीजनताभारतीयहरूको ठाडो हस्तक्षेपको विरुद्ध रहेको प्रमाण ओली नेतृत्वको नेकपालाई जनताले दुईतिहाइको स्थितिसम्म पु¥याएका बाट नै स्पस्ट भइसकेको छ । आजयहीदुईतिहाइको सरकार पनिकिनहल्लँदैछ त ? यो अहम् प्रश्नको उत्तर नेपालको राजनीतिमाहोइनभारतको कुटनीतिमा खोजिनु पर्छ । नेपालको राजनीतिलाई पर्दा पछाडिबाटै भारतले आफूअनुकुलचलाइरहेको छ ।त्यसैको फलस्वरूपआजओली नेपालभित्रकै शक्तिबाट घेरिँदैछन् । 

यो सत्य हो ः नेपालका राजनेताहरूको एउटा ठुलो हिस्सा भारतीय हस्तक्षेप स्वीकार्न अभ्यस्तभइसकेको छ । हजारौँ कोर्रा खाएको एउटा दास मालिकले आफ्नै उपर गरेकाकतिपयअत्याचारको समर्थन गर्न बाध्यभएझैँ नेपालका नेताहरू भारतीयदुष्कर्मको समर्थन गर्न बाध्य छन् । यो बाध्यता स्वार्थलोलुपताहो । आजचलिरहेको नेकपाभित्रको विवादलाइृ पनित्यसकै एउटा अङ्गका रूपमालिन सकिन्छ । सतही रूपले हेर्दा नेकपाभित्रको शक्तिसङ्घर्ष छ तर त्यसको भित्रीअन्तरकथाभारतीय हस्तक्षेपका विरुद्ध ठाडो उभिएकाओली विरुद्धको भारतीयगुप्तचालहो । ‘शत्रुको मुख हेर्नुपरे दाजुभाइको मुख हेर्नु’ भन्ने यो उक्ति नेकपामापनिमिल्न आउँछ । ओलीलाई सोझै झुकाउननसकेको भारत पछिल्लो चरणमा भारतीयगुप्तचर प्रमुखसामन्तगोयलदेखि विशिष्ट कुटनैतिकनिकायलाई पठाएर नेकपाभित्रको अन्तर सङ्घर्षलाई मलजलगर्न सफलभएको छ । भारतको इसारामाननाचेकै कारण ओलीअहिले जुन सङ्कटको घडीमा छन्, भारतको इसारा नमान्ने नेपालका नेताको हविगतत्यस्तै हुने हुनाले नेपालका नेताहरूले भारतीयको गुप्तचालमन्नबाध्य हुनुपर्छ । नेपथ्यबाट सञ्चालितभारतीयदुष्कर्मको यो तथ्यथाहापाएर पनि राज्यको कूटनैतिकमर्यादाकाकारण नेपालका राष्ट्रभक्त नेताहरूले भारतीय हस्तक्षेपको ठाडो विरोध गर्न नसक्नुका पछाडि यहीकारण रहेको छ ।

भारतीय हस्तक्षेपको ठाडो विरोध त के नेपालको राष्ट्रिय गौरवकाविषयमाबोल्न पनिकतिपय स्वार्थी नेताहरूको किलकिले थुनिएको छ । भर्खरै ओलीले रामको जन्मभूमि नेपालमै रहेको भन्ने राष्ट्रिय गौरवको उठान गर्दा नेपालकै नेताहरूबाट विरोध हुनुभारतीयदासत्वको प्रमाण हो । ओलीले रामभारतमाजन्मेकाहोइनन् भनेकै होइन । उनले त रामयणको कथन र भूगोललाई साक्ष्यमान्दापर्साको ठोरी रामजन्मभूमिहो मात्रभनेकाहुन् । ओलीको यस अभिव्यक्तिबाट नेपालकै नेताबाबुराम भट्टराई, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतकाबाट विरोध आउनुका पछाडि उनीहरूभित्र सुषुप्त रूपमा रहेको भारतीयत्रासको उदाहरणहो । काङ्ग्रेसकै नेताचन्द्र भण्डारीले भारतीयकुदृष्टिको विरोध गरिरहँदागगनथापाको भारतलाई समर्थन किन? नेकपाकाभीम रावल राष्ट्रिय अस्मिताको बचाउगरिरहँदा नेकपाकै अरू नेतामौन किन? ठाउँठाउँमा देशको सिमाना अतिक्रमण हुँदा सरकार कूटनीतिमा अल्झिएको बेलाप्रतिपक्षीको आबाज खै?

यसर्थ नेपाल राज्यर यहाँको राजनितिलाई कमजोर बनाइराख्ने मूलजिम्मेवार भारत परस्त नीतिलिएका राजनेताहरूको पदलोलुपता नै हो । राष्ट्रिय अस्मितालाई बेवास्तागर्दै आफ्नो अहम्को तुष्टिमा लागेका नेपालका नेताहरू भारतीय इसारामा नाच्ने कठपुतली हुन् भन्नु अत्युक्ति नहोला । 


, , ,