छाती पग्लेको दिन

 घनश्याम नेपाल, सन्देश ,



आयो हुस्सु कुइरी मण्डल चिसो छोप्यो शिरैमा बसी

घूँडा नै कमजोर आज हुन गो पाईन कस्ने रसी

छाँया छैन कतै न सूर्य दिनमा देखिन्छ धर्तीमहाँ

पृथ्वीमा परित्याग भो अजयको दैवी छ शक्ती जहाँ

महात्मा पनि आत्तिए अरुचिमा सांसारि देख्दा महाँ

निष्कामै हुन गो धरातलमहाँ त्रासै छ हेर्दा जहाँ

भक्ति योग यहाँ भएछ पथमा ज्यादै म खुसी भएँ

आत्मा इश्वर हो भनीकन जहाँ धाएर पौडी गएँ

मेरा ईष्ट र मित्रका वचनले पूजा गरेझैँ भयो

भग्वत् प्राप्ति भयो ह्रदयमा बिर्सेर बिर्सन्न यो

आँखाका रसले डुबेर बसिछू मेरा भएका जति

पाएको छु कलेजीको गुणहरु धेरै छ माया अति

।।

 

 

 

 

, ,