ईर्खु स्वास्थ्य चौकिकोे एम्बुलेन्स सञ्चालनको लागि राप्रपाको टायर सहयोग

चौतारा । 

सिन्धुपाल्चोक जिल्ला  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ मा रहेको ईर्खु स्वास्थ्य चौकिमा रहेको एम्बुलेन्स लाई एम्बुलेन्स सञ्चालनको लागि टायर प्राप्त भएको छ । 



राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष्य पशुपति शम्शेर राणाको विशेष सहयोगमा ईर्खुका समाज सेवि तथा  स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर ठकुरीको सक्रियतामा प्राप्त एम्बुलेन्सलाई  निकट भबिष्यमा टायरको समेत समस्या नपरोस भनेर टायर समेत दिएको  राप्रपाका केन्द्रीय सदस्य दईन्द्र बहादुर ठकुरिले बताउनुभयो । गणतन्त्रबादि भन्ने हरु सम्बैधानिक राजतन्त्रको आबश्यकता  भयो भन्दै सडकमा आएका छन । ठकुरिले  राष्टिय प्रजातन्त्र पार्टिले बर्तमान सरकारको कदम र सरकारको नितिको बिरोध गर्न लागेको ले बिरोध कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै आगामी मङ्सिर २० गते ईर्खुबाट  हुने  मोटरसाइकल र्यालिमा सहभागी भईदिन हुन अनुरोध गर्नुभयो ।



प्रमुख अतिथिका आसनबाट बोल्दै  राष्टीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तेज कुमार कुरुङ्वाङले  काँग्रेस र कम्युनिस्ट हरु शुरुमा एउटै बसमा यात्रा गरेको भए पनि नारायणगढ पुगेपछि पुर्ब जाने कि पश्चिम जानेभन्ने मा झगडा गरेको र निश्चत गन्तव्य नभयको भन्दै राप्रपाले शुरु देखि नै  बिधिको शासन अनुशासन अनि जनताको कदर गर्ने लाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।



कुरुङवाङले   धर्म  गर्न पाईन्छ तर धर्मको नाममा राजनिति गर्न पाईदैन भन्नू हुँदै नेपाल एउटा  हिन्दु राष्टको रुपमा पहिचान बोकेको राष्ट भएकाले पहिचानलाई कायम राख्न पनि हिन्दुराष्टको  आबश्यकता रहेको बताउदै पञ्चायत ब्यबस्थामा भ्रष्टाचार शुदैन थियो । अहिले जताततै भ्रष्टचार भएकोले पनिजनता गणतन्त्र देखि वाक्क भएका छन् उहाँले भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टिका क्षेत्रिय सदस्य ध्रुब थापाले सञ्चालन गर्नु भएको कार्यक्रममा राष्टिय प्रजातन्त्र पार्टिको केन्द्रीय सदस्य उदय सापकोटा,जित बहादुर भारति लगाएतले मन्तब्य राख्नु भएको थियो । एम्बुलेन्स सञ्चालक समितका अधयक्ष शेर बहादुर ठकुरिलाई टायर हस्तान्तरणा गर्न ईर्खु आउँनु भएका नेताहरुले आगमी दिनमा राष्टिय प्रजातन्त्र पारटीले सधै जनताका समस्य समधानका लागि सकेको  सहयोग गिररहने बताउँनुभएको छ ।


, , ,