धेरै पटक वडा कार्यलयमा गएर सहयोग मागे दिन मिल्दैन भन्नु भयो ( साजन)

 सिन्धुपाल्चोक   जिल्ला तत्कालिन  फुल्पीङ्गकोट गाउँबिकास समिती वडा नं ३ हाल बलेफी गाँउपालीका४ मा पिता सनमान बैजु  गिरी र माता जामुना बैजु को कोख बाट मिती  २०३८साल पौष१९ गते  जन्मनु भइ  हाल  चौतारासाँगाचोकगढी नगरपालीका ५मा रहेको सिन्धुसटिङ्ग सुटीङ्ग एण्ड टेलर्सका  सञ्चालक समेत  रहनु भएका श्री रोहीत बैजु( साजन)सँग लोकप्रिय समाचार ले गरेको छोटो कुराकानी ः

 १. तपाइ को परिचय दिनुहोस न ?


मेरो नाम रोहीत बैजु हो कसै कसैले साजन बैजु पनि भनेर बोलाउँने गरेका छन ।  म अहिले चौतारासाँगाचोकगढी नगरपालीकामा रहेको सिन्धुसटिङ्ग सुटीङ्ग एण्ड टेलर्सका  सञ्चालक समेत  रही कपडा सिलाउँने काम गरिरहेको छु   । मेरो घर सिन्धुपाल्चोक   जिल्ला तत्कालिन  फुल्पीङ्गकोट गाउँबिकास समिती वडा नं ३ हाल बलेफी गाँउपालीका४ मा रहेको छ । यँहा भाडामा बसेको छु । 

२ तपाइको अनुभव  बताइ दिनुहोस न ? 


मेरो अनुभब भनेको पुरुस महीलाको लागी आबश्यक पर्ने माग अनुसारको जस्तो सकै कपडाहरु सिलाउँने अनुभब रहेको छ ।  

३ कहीले देखी यो पेशामा लाग्नु भयो । कसरी यो पेशा रोज्नु भयो   बताइ दिनुहोस न ?


म सानै देखि सिलाइ कटाइ  क्षेत्रमा काम गर्न  मन पराउने हुनाले यस पेशामा लाग्ने निधो गरेको थिए । मैले देसको लागी केही गरौ भनेर लागी परेको र केही न केही काम गर्नु पर्छ भनेर काम गर्न लागी परेको अबस्थामा पनी यो पुर्खाले गरेको कामलाइ निरनतरता दिएर पुर्खाको सम्मान र सर्बसाधरणको आबश्यकता पुरा गर्ने उद्धेश्य अनुरुप मैले यो काम गर्न लाइ १४ बर्षको उमेर देखी निरन्तरता दिएको हो । मलाइ अरु कामको भन्दा पनि यही सिलाइ कटाइ  को काम गर्न राम्रो लागेकाले  यस क्षेत्रमा काम गर्न शुरु गरेको हो । 

४ तपाइ कस्तो कस्तो प्रकारका कपडा सिलाउँनु हुन्छ   बताइ दिनुहोस न ?


मलाइ अहीले भन्न पर्दा नेपालको राष्टीय पोशाक दौउरा सुरुवाल, कोटपाइन्ट, शर्ट लगाएत पुरुस तथा महीलाका लागी आबश्यक पर्ने सबै खालका कपडा सिलाएर तैयारी गरिदिने गरेको छु मेरो कपडा अनुसार माग अनुसार यँहा आउँनुहुने नागरिकले मलाइ भने बमोजिम जस्तो कपडा पनि सिलाइ दिन सक्छु । नँया मोडल, पुराना मोडल , महीला, पुरुसा बालबालीका जेष्ठ नागरिक जस्तालाइ पनि माग बमोजिमको डिजाइनमा कपडा सिलाइदिने गरेको छु ।  

५. तपाइलाई  सबै भन्दा बढी राम्रो के  मा र नराम्रो के  कुराहरुमा लाग्ने गरेको छ ?

मलाई सबैभन्दा राम्रो काम  भनेको समाजमा सबै ले समानता पाउँन पर्छ कोही ठुलो कोही सानो भन्ने हुन हुँदैन कसैलाइ पनि पक्षपात हुनु हुँदैन  सबै मिलेर बस्न पर्छ  भन्ने लाइ राम्रो लाग्छ भने अर्काको रिस गर्ने अरुलाइ नराम्रो  सोच्ने अरुलाई धोका दिने, अनैतिक काम गर्ने लाइ नराम्रो लाग्छ ।

६. तपाइले यो क्षेत्रमा काम गरेर के के सफलता पाउँनु भयो ?

मैले धेरै साथी  कमाएको छु, उहाँहरुको माया र सहयोग छ ।  मैले सम्पती कमाउँन नसके पनि साथी भाइ कमाएको छु त्यसैले मलाइ खुशी लागेको छ ।  सम्पती भन्दा साथी भाइ ठुलो हो साथीभाइ कमाइको नै मेरो लागी सफलता हो भन्ने लाग्छ ।  म २०६९साल देखी चौतारामा बसेको हो मैले चौतारामा नै यो पेशा गरिरहेको छु ।  

७. तपाइँले स्थानीय सरकार बाट कस्तो सहयोग पाउँँनु भएको छ ?

जँहा स्वच्छ मनले सहयोग गर्ने योजनाका  साथ अगाढी बढिन्छ त्यँहा सहजता त पाइन्छ ।  तर मलाइ चौतारासाँगाचोकगढी नगरपालीकाकाले कुनै सहयोग गरेन दलति जनजाती उद्योग कलकारखाना आयआर्जन कामको लागी कँही कतै बाट पनि कुनै सहयोग भएन  मलाइ सबैसाधारण दाजुभाइ दिदि बहीनहिरुले काम दिएर सहउोग गर्नु भएको छ अरु केही छैन 

८ नगरपालीले आफ्ना नगरमा भएका यस्ता ब्यबसाय गरेका लाइ अनुदान दिने गरेको छ तपाइ जानु भएन   ?

मलाई दिक्क लाग्छ   मज्दुरको नारा बोकेर मज्दुरकै मत पाएर चुनाव जितेको पार्टीले मज्दुरलाइ नै सहयोग गर्नु पर्छ तर त्यस्तो भएको देखीएन । मैले धेरै पटक नगरपालीकाको वडा कार्यलयमा गएर सहयोग मागे दिनु भएन अन्तमा मलाइ तिमी यँहाको नागरिक नभइ फुल्पिङ्गको भएकाले दिन मिल्दैन भन्नु भयो तर मैले धुरी दर्ता ब्यबसाय दर्ता कर सबै यही नगरपालीकामा तिरेको छु मलाइ भने वडाले त्यसो भनेकोले दिक्क लागेको छ । मैले खाश गरि हजुर हजुर भनेको छु । आफेनो माथील्लो स्तरमा पौउँच छैन यँहा भएकाले दिदैनन मैले के अनुदान पाँउनु ज्यालामा सिलाइको  काममा समेत वास्ता नगर्नेले कसरी हामीलाइ सहयोग गर्लान भन्नु हजुर  

 ९. तपाइ  मासिक कती कमाउँनु हुन्छ   बताइ दिनुहोस ? 

मासिक मैले साठी हजार जती आम्दानी हुन्छ बिबाहको लगन पर्दा अघी पछी त्यही चालीस पैतालीस हजार हुन्छ ।   दश हजार घरभाडा जान्छ । पानी बत्ती खाना अनि नगरपालीका कर घरबहाल कर, ब्यबसाय कर गरेर पन्ध्रहजार जती अरु खर्च हुन्छ । कपडा सिलाउँने सहयोगी हरु तिन जना छन उँहाहरुलाइ पनि खर्चको चाँजो पाँजो मिलाउँनै अनि परिबार आफु बिरामी हुँदा औषधी उपचार गर्न समेत समस्या हुन्छ के भन्नु खोइ सरदर महीनामा साठी हजार जती कमाइ हुन्छ  पचपन्नहजार हजार त खर्च हुन्छ । 

११अन्तमा तपाइले भन्न छुटाएका कुरा हरु के छन् ?

अन्त्यमा लोकप्रिय दैनिकलाई धेरै धेरै धन्यवाद । म जस्तो लुगा सिलाएर सानो काम गर्ने मानिसको कुरा पनि यसमा अटाइदिएर मेरा भनाइलाइ राख्ने मौका दिनु भएकोमा अन्तमा सबै सजग भई कोरोना भाईरसबाट बच्न र बचाउँन स्वास्थ्य मापदण्ड लागु गरौ भन्दै एक पटक चौताराको  जि.आर.सुनचाँदीपसलभएको घरमा सुनपसल सँगै रहेको  मेरो सिन्धुसटिङ्ग सुटीङ्ग एण्ड टेलर्स आइ वा मोबाइल नंम्बर ९८४३५७२८३६ मा सम्पर्क गरि सेवा गर्ने मौका दिन हुन सबैमा अनुरोध गर्दछु । 


, , , , , , , ,