प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन ः सभामुख

 चौतारा । 

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताउनुभएको छ ।


बिहिबार चारवटा राजनीतिक दल आवद्ध महिला संघठन र सांसदहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।

ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले हाम्रो संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै  यस अघि पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको जानकारी दिनुभयो । 

उहाँले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

उहाँले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताउनु भयो ।

, ,