इन्द्रावतीको वडा १ मा प्रसृति गृह बन्ने


नवलपुर ः

 सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको दुर्गम गाउँ सिम्पाल काभ्रेमा प्रसुति भवनको शिलान्यास भएको छ। गाउँपालिका अध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले मंगलवार भवनको उद्घाटन गरेका हुन्।


इन्द्रावती वडा १ मा निर्माण हुन लागेको भवनका लागि स्थानीय पासाङ तामाङले प्रसुति भवन निर्माणका लागि जग्गादान गरेका थिए।

शिलान्यासपछि अध्यक्ष तामाङले यस ठाउँमा उपचार अभावमा धेरैले सुत्केरी हुने अवधिमै अकालमा ज्यान गुमाउनु परेको तितो यथार्थ रहेको बताए। यसैले पनि प्रसुति भवनको निर्माण थालनी टड्कारो आवश्यकता रहेको उनको भनाई थियो। सुत्केरी गराउन सहज वातावरण बनाउन र सुत्केरी अवस्थामा हुने मृत्युदरलाई न्यूनीकरण गर्न प्रसुति गृह निर्माण गर्न लागेको उनले बताए।


शिलान्यास कार्यक्रममा वडाध्यक्ष श्री लामा, केयर नेपाल र टुकी संघ सुनकोसीका प्रतिनिधि उपस्थित थिए। केयर नेपालको सहयोग र टुकिसङघ सुनकोसीको साझेदारीमा गाउँपालिकाको समन्वयमा ४७ लाख बजेटमा भवन बन्न लागेको हो।

, ,