हृदयको मन (शार्दुलविक्रिकिडीत छन्दको कविता)
घनश्याम नेपाल ।
मेरो यो मनको छ मर्म कसरी देखाऊँ साम्ने महाँ
पीडा भो अति नै छ डाहा मनमा भागेर जाऊँ कहाँ
संसारैभरमा छ फैलि गयको ठाउँ छ खालि कहाँ
देख्दैमा डर लाग्छ जाउँ कसरी एक्लै छु छाप्रो महाँ
हावाको गतिमा छ प्राण अहिले भाकेर देउताहरु
प्रार्थना गरिछु यसै चरणमा रोयर बोले अरु
मेरा मानिसका दया र करणा ज्यादा छ मुटु महाँ
माया हो सबथोक देख्छु महिले प्यारो छ ठाउँ यहाँ
विस्तारै ठीक हुन्छ हे मनुज हो हाँसेर बोल्छु म ता
तिम्रै साथमहा नजीक बसिछू जाऊँ म टाढा कता
हे मेरा जन हो नआत्ति बसनू औंशी परेको दिन
पुर्णिमा दिनको छ साइत अबै गन्दैछु औंला दिन
यस्नै हव जगतै छ फैलि गयको रासा भीमीमा छ यो
मेरो देशमहाँ छ देवी भुमिमा पाइन्न त्यस्तो अहो