सिन्धुपाल्चोकको सुरक्षा व्यवस्थामा कडाई

 चौतारा । 

 सिन्धुपाल्चोकको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संसद विघटन भएसँगैं हुन सक्ने अराजक प्रदर्शनीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

शनिबार नै गृह मन्त्रालयबाट सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पार्न पत्राचार नै गरिएको थियो ।

सोही अनुसार जिल्लामा सुरक्षा समितिको बैठक बसी सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले लिएको कदमविरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भैसकेको छ ।


, ,