बागमती प्रदेश प्रहरीले अभियानको रुपमा अबैध गाँजा फडानी

चौतारा । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रदेशका विभिन्न जिल्लाहरुमा अबैध रुपमा हुने गरेको लागु औषधको खेती नष्ट गर्ने र लागु औषधको अबैध ओसार पसारलाई नियन्त्रण गर्न मंसिर महिनालाई लागु औषध बिरुद्धको कारबाही अभियानको रुपमा संचालन गरेको छ । 


बागमती प्रदेश अन्तर्गतका मकवानपुर, चितवन, सिन्धुली, धादिङ लगाएतका जिल्लाहरुमा अवैध लागु औषधको खेती हुने र पुर्व पश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसार पसार गर्ने मार्ग रहेको हुँदा लागु औषधको गैर(कानुनी खेती र ओसार पसारलाई नियन्त्रण गर्ने उद्देश्यले कारबाही अभियान संचालन गरीएको प्रदेश प्रहरीले जानकारी दिएको छ । । 

बिभिन्न मितिमा गरी यस महिनामा मात्रै ३७१ बिगाह, ५६ कठ्ठ २७ धुर जग्गामा लगाइएको गाँजा खेती नष्ट गरीएको छ । यस अभियानलाई प्रभावकारी बनाउन प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाहरुमा गरी ४२८ जना प्रहरी कर्मचारी परिचालित गरीएको थियो ।

मकवानपुरमा मात्रै यो महिनामा मात्रै २३५ बिगाह ५ कठ्ठा ५ धुरमा लगाईएको गाँजा खेती नष्ट गरीएको छ भने चितवनमा ५० बिगाह, सिन्धुलीमा ६३ बिगाह २५ कठ्ठा १० धुर र धादिङमा २१  बिगाह ८ कठ्ठा गरी मंसिर महिनामा मात्रै ३७१ बिगाहमा लगाईएको गाँजा खेती नष्ट गरीएको प्रदेश प्रहरीकी प्रवक्ता मिरा चौधरीले जानकारी दिनुभएको छ ।

प्रवक्ता चौधरीको अनुसार मकवानपुरको राक्सिराङ गा.पा. अन्तर्गतका वडा नं ८ र ९ मा मिति २०७७ मंसिर २१ देखी २३ गते सम्म संचालन गरीएको गाँजा फडानी अन्तर्गत २२३ बिगाहामा लगाईएको जाँजा खेती नष्ट गरीएको छ । 

मंसिर महिनालाई लागु औषध बिरुद्धको कारबाही अभियानको रुपमा संचालन गर्ने क्रममा गाँजा ९६ केजी, लागु औषध चरेश ५० केजी बरामद भएको छ । त्यस्तै औषधीजन्य लागु औषध अन्तर्गत डाईजेपाम ७५ एम्पुल, फेनार्गन ७२ एम्पुल, नुर्फिन ७५ एम्पुल, नाईट्रोभेट १२०० ट्याव्लेट, नाईट्रेजेपाम ४५ टयाब्लेट लगाएतका लागु औषध बरामद गरीएको छ ।

मंसिर महिना भित्र लागुऔषध ओसारपसार गर्ने २० जना व्यक्तिलाई समेत पक्राउ गरीएको छ भने ४ जना फरार रहेकाको खोजतलास भैरहेको छ । लागु औषध ओसारपसार संलग्न ६ वटा वटा सवारी साधन समेत नियन्त्रणमा लिईएको छ । 

यस प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाहरुमा अबैधरुपमा लगाईएको गाँजा, अफिम खेती नष्ट गर्ने कार्य अझैसम्म सम्पन्न नभईसकेकोले लागु औषधको अबैध खेती नष्ट गर्ने अभियानलाई पुष महिनामा पनि निरन्तरता दिने कार्य भैरहेको छ । 


, ,