भु–उपयोग तथा बिपद ब्यबस्थापन योजना निर्माण र कार्यान्वयन सम्बन्धमा सम्झौता

पांचपोखरी,

सिन्धुपाल्चोक २०७२ को बिनासकारी भुकम्प र गत बर्षातको कारण भएका भौतिक संरचना निर्माण र भाबि दिनहरुमा हुन सक्ने संभावित क्षति न्यूनीकरण सम्बन्धि अध्ययन गर्नका लागि गाउंपालिका र ऋक्च्ऋ र ऋबचभ ल्भउब िबीच मंगलबार एक कार्यक्रमका बीच सम्झौता भएको छ । 


उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुंदै पुर्ब मन्त्री एबम संघीय सांसद शेर बहादुर तामाङले यो गाउंपालिका जोखिमका हिसाबले उच्च समबेदनशिल रहेको र पालिकासंग सहकार्य गर्न आउनु भएका संस्थाहरुलाई हार्दिक धन्यवाद समेत ब्यक्त गर्नु भएको छ ।

साथै पालिका पर्यटकीय हिसाबले अत्यन्त महत्त्वपूर्ण रहेको तर सडक लगायतका पुर्बाधार बाधक रहेकोमा आफुहरु छिटो भन्दा छिट्टो सडक कालोपत्रे गर्न प्रयत्नशील रहेको समेत बताउनु भयो ।

उक्त कार्यक्रमको अध्यक्षता गाउंपालिका टासि लामाले गर्नु भएको थियो भने नेकपा नेता एबम मेलम्चि खानेपानी बिकाश समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा गाउंपालिका सल्लाहकार माधब प्रसाद पाण्डे,उपाध्यक्ष सुनिता अधिकारी,नेकपा जिल्ला कमिटि सदस्यद्वय फुर्पा स्याङ्बो र निर्मल बन्जारा लगायत वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको शेर ब तामाङका स्वकीय सचिब निर्मल बन्जाराले बताउनु भएको छ ।

उक्त सम्झौतामा पालिकाको तर्फबाट टासि लामा र ऋक्च्ऋ का कार्यक्रम निर्देशक जगत देउजा र ऋबचभ ल्भउब िकि सहायक राष्ट्रिय निर्देशक मोना शेर्पाले हस्ताक्षर गर्नु भएको गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले बताउनु भयो ।


,