प्रतिनिधिसभा विघटनको विरुद्ध सिन्धुपाल्चोकमा उर्लियो कांग्रेस

चौतारा ।

 प्रतिनिधिसभा विघटनको विरुद्ध सिन्धुपाल्चोकमा कांग्रेसका कार्यकर्ता उर्लिएका छन् । 


नेपाली काँग्रेस सिन्धुपाल्चोकले क्षेत्र नं. १ अन्तरगत जलबीर बजारमा प्रदर्शन गरेको छ । काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको अगुवाईमा कांग्रेसले प्रदर्शन गरेको हो ।

काँग्रेस केन्द्रले प्रतिनिधिसभा विघटनको विरुद्धमा १ सय ६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गर्न निर्देशन दिएपछि जलविरेसँगै मेलम्चीमा प्रदर्शन भएको छ। मेलम्चीको प्रदर्शनमा केन्द्रीय सदस्य विष्णु विक्रम थापा, पार्टी सभापति विकास लामालगायतले अगुवाई गरेका छन् ।

, ,