नगरपालीका वडा नं ११ डडुवामा विद्यालय भबनको उद्द्धाटन

मेलम्ची । 

जापनिज रेडक्रस संगको साजेदारीमा नेपाल रेडक्रस सोसाइटीद्धारा निमार्ण गरीयको नौ कोठे भवनको उद्घाटन गरीयको छ । 


मेलम्ची नगरपालीका वडा नं ११ डडुवामा निमार्ण गरीयको नबनिर्मित भवनको मेलम्ची नगरपालीका मेयर डम्बर बहादुर अर्यालले यक समारोह बिच उद्घाटन गर्नुभयको हो । विद्यालयको भवन उद्घाटन गर्दै प्रमुख अतिथितमा मेयर  अर्यालले विद्यालय भवन राम्रो बनेको र अब त्यस भित्रहुने पढाइलाई समेत राम्रो बनाउनका लागी पठन पाठनको गुणस्तर विकास कालागी समेत कामगर्नु पर्ने वताउनु भयो ।

 साथै विद्यालयको र्ममत सम्भारका लागी कोषको स्थापना गरी आगामि दिनमाहुने सामान्य समस्या समाधानगर्नु पर्ने वताउनु भयो । त्यसै गरी भवननिमार्णमा सहयोग गर्ने जापनिज रेडक्रस र नेपाल रेडक्रस सोसाइटीलाई धन्यबाद ज्ञापन गर्नुभयको थियो । 

भने कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालीका वडा नं ११ का वडाअध्यक्ष रुद्रप्रसाद दुलाल ले विनासले विकास निम्त्याउछ भन्ने कुरालाई विद्यालय भवनले चरीतार्थ गरेको भन्दै आगामि दिनमा भवन जस्तै विद्यालयको शिक्षाको गुणस्थर समेत विकास गर्दै लाने र त्यसका लागी आफ्नो तर्फ बाटहुन सक्ने सहयो गर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा सभापती राजेन्द्रमान  ताल्चाभडेलले विद्यालय भवन जापनिज नागरीक र जापनमा रहेका नेपालीहरुले उठायको चन्दाबाट संकलीत रकमबाट निमार्ण गरीयको भन्दै यसको संरक्षणगर्ने जिम्मेवारी अबस्थानिय  बासिन्दामा आयको भन्दै आगामिदिनमा समेत आफुले सकेको सहयोग गर्ने वताउनु भयो । कार्यक्रमलाई इन्द्रेश्वरी माविका प्रधानध्यापक राधाकृष्ण श्रेष्ठ, जापनिज रेडक्रसका प्रतिनिधि सुशिल सुवेदिले सम्बोधन गर्नुभयको थियो । 


, , ,