सिन्धुपाल्चोक समाज ,दक्षिण कोरियाद्वारा अग्निपीडितलाई राहत बितरण

सिन्धुपाल्चोक समाज ,दक्षिण कोरियाले अग्निपीडितलाई राहत बितरण गरेको छ ।


“आपसी सहयोग सद्भाव र सदाचार  सिन्धुपाल्चोक बासी मिलनको आधार“ नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ गुन्सामा  मंसिर ३ गते भएको आगलागी पीडितहरू जेठा बोम्जनका छोराहरु लाइ रु.५०००० बराबरको जस्तापाता हस्तान्तरण गरेको हो। 

सो हस्तान्तरण कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष काले गोले वडा सदस्य पदम तामाङ  लगायतको उपस्थित रहेको थियो । राहत वितरणका लागि लायुर लामाले  सहयोगी भूमिका निर्वाह गरेको थियो । 

 सिन्धुपाल्चोक समाजले यस अघिपनि जिल्ला मा भएका विभिन्न सामाजिक कार्यहरुमा आवश्यकता अनुसार राहत तथा सहयोग वितरण गर्दै आएको समाजको उपसचिव बिशालश्रेष्ठले जानकारी गरेका छन् ।

, ,