राष्टको लागी बिपीले ज्यान समेत दिन तैयार रहेका थिएः थापा

चौतारा । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाले  राष्ट्र बचाउँनैका लागी बिश्वेश्वर प्रसाद कोइरालाले ज्यानको बाजी राखेर मेलमिलाप को परिकल्पना गरेको बताउँनु भएको छ । 




उँहाले २०१७ सालको राजा महेन्द्रको शाशान कु गरे पछि बिपि भारतमा  शरणमा रहेको बेला  नेपालको आन्तरिक बिषयमा नेपाललाइ मिलाउन भारतमा दुइ थरी कुरा भएको दुई  कुरा  मध्य एक पक्षले नेपाललाई भारतमा गाभ्ने र अर्काे  पक्ष नेपालमा नै  मिलाउन पर्ने भन्ने रहेकाले   आन्तरिक कारणले गर्दा नेपाल नै नरहने अबस्था भए पछि  मेलमिलापको  नारा लियर  बिपी नेपाल प्रबेश गरेको पौष १६ गतेका दिनलाइ नेपाली काँग्रेसले मेलमिलाप दिबशको रुपमा मान्दै आएको बताउँनुभयो ।

उहाँले बिपी नेपाल आउनु भयो त्यस बेला भारतका प्रधान मन्त्रि ईन्दिरा गान्धि ले बिपिलाई दिल्ली एरपोर्टमा आएर रोक्न खोज्दा पनि उँहाले  म जेल जान तैयार छु नेपालमा गएर जनता र राजालाई मिलाउछु भन्दै नेपाल आएर जेल जानुभयो भन्नु हुँदै  राष्ट र  प्रजातन्त्र को सरक्षण गर्न बिपी तैयार रहेको  बताउदै  प्रजातन्त्र र राष्टको सरक्षणको लागि राजाको गर्धन माथि मेरो गर्धन तल राख्छु  भनेर बिपि जेल जाने महान नेता बिपि  भएको स्पष्ट पार्नुभयो ।  

उँहाले बिपीको बिचारलाइ  मनन गरेर अगाडि बढ्ने  गर्न पर्छ।नेपाली काङ्ग्रेस ले हरेक पिरबर्तनमा नेतृत्व गरेको बताउदै बिदेशि नेताको फोटो  पुजा गर्ने कम्यनिष्ट पाटिले राष्ट जोगाउन सक्दैन त्यसैलेै नेपाली नेता बिपिकोफोटो राख्ने काङ्ग्रेसलेफेरि राष्ट बचाउनकम लागि एक भएर लाग्न पर्ने बताउनुभयो । नेपाली काँग्रेसनेपालिकाग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिले  मेलमिलापदिबसकमे अबसरमा चौतारामा गरेको विशेष कार्यक्रम प्रमुख अतिथीको रुपमा बोल्दै पुर्ब मन्त्री समेत रहनु भएका थापाले यस्तो बताउँनु भएको हो ।

सोही कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्ब सभापति  नेता भुपेन्द्र बहादुर थापाले  बिपि भनेर मात्र हुदैन बिपिले लिएको  सिदान्त र बिपिकोईरालाले देखाएको बाटो हिड्न सके मात्र काँङ्ग्रेस  बास्तविकता काङ्ग्रेसहुने भन्दै काङ्ग्रेस भित्र गुट उपगुट छैन तर विधि मान्ने र नमान्ने  बिच बिबाद भएको बताउदै पाटि विधि बिधानमा चल्न पर्छ भन्नुभयो ।

उँहाले  सम्बाद र  छलफल गरेर पाटि मा एक भयर लाग्न सबैनेता तथा कार्कर्ताहरु लाई अनुरोध  गर्नु भयो । उहाले  काङ्ग्रेस फुटाएर  कम्युिनष्टले राजिनति गर्न खोजेको  र त्यहि बाटोमा केही  नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता फसेको बताउदै काङ्ग्रेस सधैबिधि र बिधानमा चल्ने पाटि भएकाले यसैमा सबेै लाग्न अनुरोध गर्नुभयो उहाले कुकुरलाई घिउ नपचेको उदाहरण दिदै  नेपालमा कम्यनिष्टलाइ  बहुमत नपचेको हो भन्नुभयो । पुर्ब सभापति  कानुन बिद श्यामबहादुर श्रेष्ठले यस्तो मेलिमलाप दिबस गाउगाउमा  गर्न पर्छ भन्नू हुँदै उहालेराष्ट रहेमात्रराजिनति रहन्छ  त्यसैले राष्ट बचाउनका लागि बिपिले खेलेको भुमिका र उहाले शुरु गर्नु भएको  मेलिमलाप कार्यक्रमले देसलाई ठुलो सहयोग पुगेको बताउनुभयो ।

उहाले काङ्ग्रेस आफै पनि प्रजातन्त्र  को सरक्षण गर्दै  गाउगाउमा मेलमिलाप  कार्यक्रम गर्न पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै नेबिसङघका माहमन्त्री बलदेब  तिमिल्सिनाले  काङ्रगेस भित्रका सबै तहका कार्यकर्तालाइ  सम्मान गर्दै काङ्ग्रेसलाइ बलियोबनाउन पर्नेमा सबै लाग्नु पर्ने बताउनु भयो। पाटी सभापती बिकास लामालेसबै मिलेर अगाढि बढ्न   आग्रह   गर्दै काँङ्ग्रेस केहो काङ्ग्रेस ले के गर्छ भन्ने सोचेर  काम गर्न सबैमा अनुरोध गर्नुभयो ।

नेताहरुले बिधि र बिधानको  बिचार गरि काङ्ग्रेसलाई एक भएर  अगाडि लानका लागि सबैलाई  अनुरोध गर्नु भयो। उहाले काङ्ग्रेसमा आफुबाट केही कमि कम्जोरि भएमा आफु सच्चिन तैयार रहेको बताउदै अरुले पनि सच्चीयर काँग्रेसलाइ एक ढिक्का बनाउँन सहयोग गर्न पर्ने बताउँनुभयो ।

उहाले विधि  बिधानलाइ पालना गर्दै सच्चिन आग्रह गर्दै सबै एक भएर  लाग्न अपिल गर्नु भयो आगामि निर्बाचनमा सिन्धुपाल्चोकमा काङ्ग्रेसको किल्ला बनाउदै  नेपाली काँङ्ग्रेसले चारतारे झण्डा फहराउने अधियानमा लाग्न अनुरोध गर्दै पाटि सभापति जो पनि हुन सक्छ आज म छु भोलि अर्काे हुन सक्छ तर बिधान र विधि अनुसार चल्न पर्छ हामिले विधि बिधान बमाेिजम चल्न भनेका छौ यसमा हाम्रो अहीले पनि कुनै दुइ मत नभएको बताउँनु भयो ।

उहाले  बिगतका दिन बैक खाता समेत नभएको काङ्ग्रेसले कार्यलय भवन बनाउदेै  छ । भवनका साथै बैंक खाता छ हामी ब्यवस्थित  र बिधिबिधान अनुसार चलौ  र आगामि निर्बाचनमा काङ्ग्ेरसलाइ एक ढिक्का भयर अत्यिक बहुमतले  जिताउन का लागि आजको मेलमिलाप दिबशले प्रेणा मिलोस भन्नुभयो । 

कार्यक्रममा वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठ, युवा सजकता अभियान सिन्धुपाल्चोकका संयोजक क्षेत्र बहादुर तामाङ्ग  बलबहादुर तामाङ्ग ,नेबीसंघका जिल्ला अध्यक्ष दावाग्याल्बु लामा,नेपाली कााग्रेसका  चौतारा नगर सभापती यज्ञ प्रसाद दङ्गाल जिल्ला सदस्य माधब प्रसाद सिग्देल,महासमिती सदस्य शोभा उलक क्षेत्रीय सभापती आइतमान तामाङ्ग  लगाएतले  काँगे्रस एक भएर लाग्न पर्नेमा जोड दिनु भएको थियो ।्

नेपाली काागे्रसका सचिब बिल बहादुर तामाङ्गले सञ्चालन गर्नु भएको बार्यक्रममा सहभागीहरुलाइ पाटी उपसभापती   शिब बहादुर सुनुवारले स्वागत मन्तब्य राख्नु भएको  नेपाली काँग्रेस प्रचार बिभाग का संयोजक सिके चौलागाइले जानकारी दिनुभयो ।

उँहाका अनुसार हरेक बर्षको पौषन १६ गते नेपाली काागे्रसले मेल मिलाप दिबस मनाउँने गरेको  हुँदा यही कायृक्रम अन्तरगत यो कायृक्रम गरिएको हो । कार्यक्रममा नेपाली काागे्रसका नेता सुर्य न्योपाने लगाएतका नेता तथा कार्यकर्ताहरको उपस्थिती रहेको थियो ।  

, ,