गुफाडाँडामा मनाइयो दोस्रो जलवायु दिवस

चौतारा । 

सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईएको छ  ।

दोस्रो जलवायु दिवसको अवसरमा प्रथम जलवायु सम्मेलन स्थल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ गुफाडाँडामा राष्ट्रिय जलवायु दिवस मनाईएको हो ।

शुक्रबार आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति महाँसंघका केन्द्रिय उपाध्यक्ष सन्तमान तामाङ देखि सिन्धुपाल्चोकका स्थानीय सरकारका प्रमुखहरुले जलवायु अनुकुलनको नीति अवलम्वन गर्ने प्रतिबद्धता गरेका छन् ।

‘हाम्रा हिमालहरु काला पत्थरमा परिणत हुँदै छन्’, जिल्ला समन्वय समिति महाँसंघका उपाध्यक्ष तथा नुवाकोट जिल्ला सभापति तामाङले भन्नुभयो, ‘बढ्दो प्राकृतिक प्रकोपको कारण पनि जलवायु परिवर्तनका असर तथा मानविय कारण निम्तिएका समस्या हो ।’

 तामाङले बिश्वब्यापी रुपमा समस्याको रुपमा रहेको जलवायु परिवर्तन र यसका समाधान वारे राजनीतिक ढंङ्गले अन्तराष्ट्रिय समारोहमा नेपालले प्रस्तुत गर्नुपर्ने माग गर्नुभयो । 

चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिंङ तामाङ र मेलम्ची नगरपालिकाको प्रमुख डम्वर अर्यालले जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले दोस्रो जलवायु दिवसको अवसरमा आयोजित कार्यक्रममा जलवायु अनुकुलन नीतिमा सबैभन्दा बढी स्थानीय सरकारले ध्यान दिनुपर्ने देखिएकोले सो कार्यको प्रतिबद्धता समेत गर्नुभएको छ । 

यस्तै तीन वर्ष अघि नेपालमा पहिलो पटक राष्ट्रिय जलवायु दिवसवाट पारित दश बुँदे घोषणा पत्रमा उल्लेखित विषयमा तीनै तहका सरकारले ध्यान केन्द्रित गर्नुपर्ने नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालले बताउनुभयो । 

सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको अध्यक्षतामा प्रथम जलवायु सम्मेलन स्थलमा आयोजित कार्यक्रममा बोल्दै सभापति तामाङले जलवायु अनुकुलनमा विश्वको ध्यान खिच्न सफल भएको बताउनुभयो ।

‘प्रथम जलवायु सम्मेलनवाट पारित घोषणा पत्र अनुरुप काम सुरु भएको छ । पर्यटन प्रबद्धनमा यसको सुदुर भविष्य निर्माणमा गुफाडाँडाले महत्व राखेको छ, तामाङले भन्नुभयो । प्राकृतिक संरचनालाई बिगार्ने पद्धतीलाई अन्त्य गर्दै प्रकृतिलाई सिँगार्ने कामको सुरु भएको र यसलाई थप उपलब्धिमुलक बनाउँदै लानुपर्ने तामाङले बताउनुभयो । 

सो कार्यक्रममा बागमती प्रदेश सभाका प्रदेश सांसदइन्द्रमाया गुरुङ, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसीं तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, इन्द्रावती गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङ, प्रमुख जिल्ला अधिकारी उमेशकमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

गत बर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको  सो कार्यक्रम कोभिड १९ का कारण यस बर्ष सिमित मानिसको मात्रै उपस्थिति रहेको सो अन्र्तक्रिया कार्यक्रममा सबै बक्ताहरुको आफ्नो जिवन शैलिमा परिवर्तन गर्न सके मात्रै कार्यक्रमको औचित्य रहने प्रष्टाउनुभएको थियो ।

, ,