भोटेकोशिमा स्वास्थ्य स्वयंसेविका अभिमुखिकरण सम्पन्न

चौतारा 

गिभ टु एसियाको आर्थिक सहयोगमा ग्रुप फर टेक्निकल एसिस्टेन्सको आयोजना भोटेकोशि गाउँपालिकाको समन्वयमा १ दिने विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।


सिन्धुपाल्चोक जिल्लामा विभिन्न समयमा आई परेका र आई पर्ने विपद्को समयमा देखिने स्वास्थ्य समस्याका बारेमा कार्यक्रमका प्रशीक्षक रेशम लामिछानेले सहभागीहरुलाई बताएका थिए । विगतको भन्दा फरक अवस्थाका विपद् देखा पर्न थालेकाले सोको समयमा आईपर्ने स्वास्थ्य सम्बन्धि महामारी व्यवस्थापनमा स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो भुमिका रहेको भोटेकोशि गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत शिवकुमार राईले बताउनुभयो । 

साथै ग्रुप फर टेक्निकल एसिस्टेन्सले भोटेकोशि गाउँपालिकाका ८५ घरपरिवारलाई राहत समाग्रि समेत बितरण गरिएको संस्थाका सचिव भोला चौधरिले बताउनुभयो । चौधरिका अनुसार वितरण गरिएको राहत सामग्रीमा प्रेसर कुकर, कराई, थाल, लगाएत २७ किसिमका सामग्री वितरण गरियको थियो ।

,