दिनेश राम्जीको अनेरास्ववियू अध्यक्षमा रायमाझी

चौतारा । 

अनेरास्ववियू सिन्धुपाल्चोकले संगठन सुदृढिकरण अभियानलाई शुरु गरेको छ ।  अनेरास्ववियू चौतारामा रहेको दिनेश राम्जी स्मृति बहुप्राविधिक शिक्षालयमा मंगलबार अनेरास्ववियू प्राविधिक कमिटि गठन भएको छ ।

उज्वल रायमाझीको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन भएको हो । जसमा उपाध्यक्ष जिगिशा श्रेष्ठ, समिता थापा, सचिव उकाश लामा, सह–सचिव दोर्जे तामाङ, रेश्मा श्रेष्ठ, खडक थापा र कोषाध्यक्षमा सौगात अर्याल चयन भएका छन् ।

कमिटि गठन कार्यक्रममा बोल्दै अनेरास्ववियू सिन्धुपाल्चोकका संयोजक मिलन लामाले सिन्धुपाल्चोकमा संगठन सुदृढीकरण अभियान निरन्तर चल्ने बताउनुभएको छ । अन्याय अत्याचारको विरुद्ध लड्दै आएको संगठन अनेरास्ववियू भएको बताउँदै लामाले केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको डटेर सामना गर्न विद्यार्थी तयार रहेको उहाँले उद्योष गर्नुभएको छ ।

अनेरास्ववियू सिन्धुपाल्चोकको जिल्ला कार्यलय सदस्य रवि भण्डारी, लक्ष्मण सिलवाल, जिल्ला सचिवालय सदस्य रिता सापकोटा, प्रविण चौलागाईं र चौतारा क्याम्पसका नेता प्रल्हाद विकको उपस्थितिमा कमिटि गठन भएको हो ।

इकाई कमिटिको अध्यक्ष भए लगत्तै उज्वल रायमाझीले आफू सदैव विद्यार्थीहरुको हक हितको पक्षमा कटिबद्ध रहने उद्घोष गरेका थिए ।


, ,