कम्युनिष्टले जनतालाइ झुक्याएको पुर्वमन्त्री बस्नेतको आरोप

चौतारा । 

बर्तमान नेकपाको सरकार बिरुद्ध नेपाली काँग्रेसले देशको ७५३वटै पालीकामा बिरोध कार्यक्रम गरेको छ ।




 बर्तमान नेकपाका  अध्यक्ष एवम प्रधानमन्त्री के पी शर्मा ओलीले प्रतिनिधी सभा बिघठन गरि मध्यावधी निर्बाचनको घोषणा गरेको बिरोधमा नेपाली कााग्रेसले  हिजो देशै भरि बिरोध सभा गरेको हो । बिरोध सभाको क्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकले पनि जिल्लाको १२ वटै स्थानमा बिरोधका कार्यक्रम गरेको छ । सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम रहेको चौतारासाँगाचोकगढी नगरपालीकामा भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य खेलकुद बिभागका संयोजक पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा  र नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब मन्त्री बिष्ण्ुा बिक्रम थापाको बिषे श अतिथ्यतामा बिरोध र्याली सहीत सभा भएको छ । उक्त सभामा नेकपा पार्टी परित्याग गरि १५० जना भन्दा बढी काँग्रेसमा प्रबेश गरेका छन । 

नब प्रबेशीहरुलाइ  प्रमुख अतिथी बस्नेत , बिशेष अतिथी थापा नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगर कायृ समितीका सभापती यज्ञ प्रसाद दङ्गाललगाएतले अबिर र खादा लगाएर सम्मान गर्नु भएको थियो ।  बिरोध सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले नेकपाका नेताहरुले भ्रष्टचार गर्न जनतालाइ झुक्याउान बाहेक केही नजानेको बतमाउँदै पटक पटक संसद भएर मन्त्री समेत भएर हाल सभामुख हुनु भएका अग्नी प्रसाद सापकोटाले कँहा कहा  केन्द्रको बजेट ल्याएर बिकास गर्नु भयो भनी प्रश्न गर्दै नेपाली कााग्रेस जितेको सुनकोशी गाँउपालीका लगाएतका   पालीकाहरुमा कर तिर्न नपर्ने भन्दै कम्युनिक्ष्टले जितेको पालीकाहरुमा जन्मदा या मर्दा को सिफारिसका लागी पनि हजारका हजार तिर्न पर्ने यो कस्तो प्रकारको कानुन हो भन्नु भयो ।

 उाँहाले जँहा काग्रेस तहा बिकास भन्नु हुँदै नेपाली कााग्रेसले जितेको ठाँउमा बिकासका कामहरु भएका छन भन्नु भयो । बिशेष अतिथी बिष्ण्ु बिक्रम थापाले नेकपाका नेताहरु मात्र फटाहा हुन कार्यकर्ता फटाहा होइनन् त्यसैले सज्जन कार्यकर्ताहरु काँग्रेसमा प्रबेश गरेका छन भन्नु हुँदै काँग्रेस मात्र देशलाइ जोगाउँने र जनताको सेवा गर्ने पाटी भएकाले सबैलाइ नेपाली काँग्रेसको चारतारा झण्डा मुनी गोलबन्द हुन आग्रह गर्नु भयो । 

नेपाली काँग्रेस सिन्धु पाल्चोकका उपसभापती  शिब सुनुवार, सचिब झलक नेपाल ,क्ष्ोत्रीय सभापती टङ्क कार्की,  नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष तुल्सी प्रसाद दङ्गाल नेपाली काँग्रेस केन्द्रीय बित्तीय तथा सहकारी बिभागका सदस्य रेशम गिरी  वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठ,लगाएतले मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस चौतारा साँगा चोकगढीनगरपालीका वडा नं १०का सभापती अर्जुन खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो ।

 कार्यक्रमको समापन गर्नु हुँदै सभाअध्यक्ष गरिरहनु भएको नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालीकाका सभापती यज्ञ प्रसाद दङ्गालले अब चौतारासाँगाचोकगढी नगरपालीका साँच्चै नेपाली कााग्रेसकोकिल्ला हुने बताउँदै आगामी दिनमा नेपाली कााग्रेसको हरेक कार्यक्रममा यसरी नै सहभागीता जनाउँन आग्रह गर्नु भयो ,। यस अघी वडा नं १०को जल्केनी घुम्तीबाट बिरोध जुलुस भएको थियो । घुम्तीबाट शुरु भएको जुलुस नेपाली कााग्रेस १० न वडा कार्यलय हर्रेमा गएर बिरोध सभामा परिणत भएको थियो कार्यक्रममा हास्य कलाकार राजन चौलागाइको प्रस्तुतीले सहभागीलाइ मनोरन्जन दिलाएको थियो भने सन्देशमुलक गितमा नाचेको थिए कार्यक्रमको सञ्चालन नेपाली काँग्रेसका ज्ञानबहादुर तामाङ्गले गर्नु भएको थियो ।  ।

  यसै गरि नेपाली काँग्रेसका सचिब बिल बहादुर तामाङ्गको प्रमुख अतिथ्यतामा लिसंखु पाखर गाँउपालीकामा बिरोध जुलुस सहीत सभा भएको थियो । सो सभालाइ समबोधन गर्दै पाटी सचिब बिलबहादुर तामाङ्गले कम्युनिष्टहरुको तानशाही सत्ता संञ्चालनका कारण उनिहरुमा नै भाग बण्डा नमिलेर प्रतिनिधी सभा  बिघठन गरेको बताउँदै जनताको मतमाथी कम्युनिष्टहरुले खेल खेलेको बताउानु भयो । नेपाली काँग्रेसका लिसंखु पाखर गाँउपालीकाका सभापती दुवाछिरीङ्ग लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 


, ,