बाह्रबिसेमा स्वास्थ्य बिमा सम्बन्धी अन्तरक्रिया


नेपाल सरकारको हरेक नागरिकलाइ  स्वास्थ्यको पहुच पुर्याउनकालागिशुरु गरियको नागरिक बिमा को कार्यक्रमका बारेमा बाह्र्बिसेमाकसरी लागू गर्ने र यसका बिधिहरु के के हुन भन्ने बिषयमा बाह्र् बिसे प्राथमिक स्वास्थ्य केन्द्रमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।


नगर प्रमुख निमफुञ्जो शेर्पाको प्रमुख अतिथ्यतामा र प्रमुख प्रशाशकीय प्रमुख इश्वरी प्रसाद शर्माको बिशेष अतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

स्वास्थ्य बिमा बोर्ड काठमाण्डौको आयोजनामा प्राथमीक स्वास्थ्य केन्द्र बाह्र्बिसेको सभाहलमा भएको अन्तर क्रिया कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड काठमाण्डौकी  अनमि सावित्री कुँबरले स्वास्थ्य बिमा सम्बन्धमा प्रस्ट पारदै जीवन बिमा र स्वास्थ्य बिमा को भिन्नता र उद्वेश्यका बारेमा जानकारि गराउनु भएको थियो ।

उँहाले स्वास्थ्य बीमा र अन्य बीमाबिच फरकका बारेमा जानकारी दिदै  जीवन बीमामा  दुर्घटना वा मृत्यु हँुदा आईपर्ने आर्थिक जोखिम कम गर्न सवास्थ्य जोखिममा रहेका बर्गहरुलाई समाबेश गरिदैंन परिप’रण बीमा गर्ने व्यक्तिका  परिवार वा आफन्तले प्राप्त तोकिएको अवधि सकिए पछि बीमा गर्ने व्यक्तिलाई लाभांश दिईन्छ । तर स्वास्थ्य बीमा मा स्वास्थ्यसमस्याका कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्न सबै नेपाली नागरिक सदस्य बन्न सक्नेछन् जोखिममा रहेका समेतलाइ सहभागीता गराइने छ ।

सदस्य बन्ने व्यक्ति वा परिवारका सदस्य बिरामी पर्दा स्वास्थ्य उपचार प्राप्त गदर्छन् । स्वास्थ्य बिमामा बिरामी पर्दा पाइने उपचार र औषधि खर्च नै लाभांश  भएको बताउृँनु भयो ।  स्वास्थ्य प्रमुख होमनाथ लामिछाने ले सभापतिको आशनबाट बोल्दै  मुख्य गरि  गुणस्तरीय स्वास्थ्य सेवाको पहँुच र उपयोगमा सुधार ल्याई  स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने पैसाकै अभावमा स्वास्थ्य उपचार नपाउने विद्यमान अवस्थालाई अन्त्य गर्ने उद्धेश्यका साथ  स्वास्थ्य बिमाको अबधारणा ल्याएको बताउँनु भयो आईतबार स्थानिय जनप्रतिनिधि हरु बिच अन्तरक्रिया गरिएको लामिछानेले बताउनु भयो ।

सोमबार र मङ्गलबार नगरपालिका भित्रका सबै वडा का स्वास्थ्यकरमिहरुलाइ अभिमुखिकरण तालिम दिईनेकार्य क्रम रहेको बताउदै लामिछानेले सम्पुर्ण तैयारि पूरा गरेर २०७८ जेष्ठ १ गते देखि नागरिक स्वास्थ्य बिमा लागू गरिने बताउनुभयो । आइतबारको कार्यक्रम मा वडाअध्यक्षहरु सुपा लामा बम बहादुर तामाङ्ग, टेकबहादुर भण्डारी ,ज्ञोनेन्द्र प्रसादश्रेष्ट, सुरज लामा ,महोनलाल श्रेष्ट, मिन बहादुर श्रेष्ठ बेल बहादुर रोका लगाएतका जनप्रतिनिधीहरु र स्वास्थ्य सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । अन्तर क्रिया कार्यक्रम मा बिमा गर्नको लागि आबश्यक कसरी र के गरि गर्ने भन्ने बिषयमा छलफल भएको थियो । 

खास गरि ५ जना सम्म भएको परिबारले प्रति बर्ष ३५०० का दरले यसको लागि तिर्न पर्ने ,र बढि परिबारका सदस्य भयमा प्रति ब्यक्ति सातशयका दरले थप दस्तुर लाग्ने उक्त कार्यक्रम मा जानकारि गराईएको थियो ।कार्यक्रममा अनुदान पाउनकालागि योग्य जेष्ठ नागरिक,अति बिपन्न परिबार,महिला स्वास्थ्य स्वयम् सेविका, एचआईभिसङ्क्रमित परिबार, अशक्त अपाङ्ग, कुष्ठ रोगि बाहेक बार्सिक ३५०० तिर्नै नसकिने खालका नागरिक हरु वडामा रहेछन भने त्यस्तालाई स्थानिय वडा सरकारले बिमाको लागि योगदान शुल्क को ब्यबस्थापन गरिदिन पर्ने अबस्था आएमा त्यसलाइ कसरी सम्बोधन गर्ने भन्ने बिषयमा समेत छलपल चलाइन पर्ने अन्तरक्रियामा सहभागी हरुले  बताएका थिए । 


, , , , , , ,