खेलकुद क्षेत्रको बिकासमा पहल गर्छुः मन्त्री लामा

चौतारा । 

युवा तथा खेलकुद मन्त्री दावा तामाङले सिन्धुपाल्चोकमा खेलकुद क्षेत्रको बिकासका लागी आफुले हरसंभव प्रयास गर्ने बताउनुभएको छ ।



ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ स्थित ऐसेलुखर्कमा आज आयोजित अगुवा कार्यकर्ता भेला एवम प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले अधुरा कामका लागी यस बर्षपनि बजेट बिनयोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेताहरु हस्त पण्डित,बालकृष्ण देउजा, लगायतले बैशाखमा हुने निर्बाचनका लागी तयारी अबस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

भेलाले शशिनाथ आचार्यको संयोजकत्वमा १५१ सदस्यीय गाँउपालिका कमिटी चयन समेत गरेको छ । साथै मन्त्री दावा तामाङ्ग लाई मेलम्ची बजारमा सम्मान गरिएको थियो । मेलम्चीका स्थानियले मन्त्री तामाङ्गलाई बधाइ तथा सुभकामना दिएका हुन् । तामाङ्गले हिडेर मेलम्ची बजार परिक्रमा गर्नुभएको थियो ।

यसैबिच कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै ऐसेलुखर्क जानेक्रममा इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले मन्त्री तामाङलाई कालो झण्डा देखाउदैँ रूख ढालेर बाटो अबनरुद्ध गरेका छन । केहिबेरको अबरोध पछि प्रहहरीको सहयोगमा मन्त्री तामाङ्ग कार्यक्रम स्थलमा पुग्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्।

,