साहित्य र संस्कृति नगरको गहना होः नगरप्रमुख तामाङ

चौतारा, माघ १६ ।

चौतारा साँगाचोकगढी नगरपालिका भित्र रहेका कला, साहित्य र संस्कृति नगरको गहना भएको नगरप्रमुख अमानसिं तामाङले बताएका छन् ।



शुक्रबार सिन्धु कला मन्दिरले आयोजना गरेको ३५ दिने संगीत कक्षा समापन समारोहलाई सम्बोधन गर्दै शुक्रबार नगरप्रमुख तामाङले कला, साहित्य र संस्कृतिलाई गहनाको रुपमा रहने भन्दै त्यसको संरक्षण सबै मिलेर गरिनुपर्ने बताए ।

‘हामीले यी चिजहरुलाई संरक्षण गर्न सकेनौं भने आफ्नो आमा बुबा बिर्सिएको सरह हुनेछ’, तामाङले भने– ‘संस्कृति बिर्सिए सारा कुरा हराउने भएका कारण देश निर्माणमा टेवा पु¥याउन कला, संस्कृतिको संरक्षणमा जुट्नु पर्दछ ।’

यस्तै सोहि कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले साहित्य, संगीतको विकास विना समृद्धिको कल्पना गर्न नसकिने बताउँदै अबको जोड सांस्कृतिक चिन्तन विकास गर्नेमा लगाउनु पर्ने धारणा राखिन् । ‘हामी हाम्रो नगरलाई समृद्ध बनाउने प्रयासमा छौं’, उनले भनिन्– ‘त्यसको सुरुवात कला, साहित्य, संगीतको संरक्षणबाट गरिनेछ ।’

समारोहमा संगीत कक्षा सञ्चालनको लागि सहयोग पु¥याएको भन्दै चौतारा साँगाचोकगढी नगरपालिका र वडा नं। ५ लाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै पौष १ गतेबाट सञ्चालन भएको संगीत कक्षामा प्रशिक्षकको भूमिका निर्वाह गरेका एच।बी। सुनार र अरुण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

३५ दिने संगीत कक्षामा सहभागि १७ प्रशिक्षाथीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सिन्धु कला मन्दिरको तर्फबाट गीत, नृत्य एवम् नाटक प्रदर्शन गरिएको थियो । समारोहकै बीच शब्द–सारथिको ७७औं सुन्ने सुनाउने शृङ्खला सञ्चालन गरिएको थियो ।


 

,