चौंरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जेष्ठ नागरिकको उचित सम्मान र स्याहारमा गाउँपालिका लागीरहेको हरेक प्रकारका धर्ममा खर्च गर्नू भन्दा जेष्ठ नागरिक असाय , अपाङ्गता भएका ब्यक्तीहरुका लागी गरिने खर्चले आत्मा सम्मान हुने बताउँनु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गौतमले स्थानीय सरकार गाउँपालिका भित्रको जनताको हरेक समस्यामा एकाकर हुँदै आएको र आफूहरु सधैं जनताकै काखमा हुने बताउँनु भयो ।
अप्रेशनको लागि शिविरमा आउँनुभएका जेष्ठ नागरिकहरुलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले आफूहरुलाई आफ्नै छोराछोरी संझिन अनुरोध गर्नु भयो । ‘आँखाको यस्तो समस्याको लागि काठमाडौंमा जान आमाबुबाहरुलाई धेरै गाह्रो हुने देखेकोले आफ्नै गाउँमा यो सेवा गरेका हौं । यसरी आमाबुबाको सेवा गर्न पाउँदा म धेरै खुशी छु ।’ ‘आगामी दिनमा पनि यो गाउँमा यो कार्यक्रमले निरन्तरता पाउने छ सो अवशरमा अध्यक्ष गौतमले बताउँनु भयो । उँहाले तपाईंहरु मध्य धेरैको छोराछोरी विदेश वा कामको सिलसिलामा गाउँभन्दा धेरै टाढा रहनु भएको होला, तर पनी तपाईंको सेवामा हामी सधैं छौं, हामीलाई नै तपाईंहरुले छोराछोरी संझिनुहोस् ।’ गौतमले गाँउपालीकाबाट हुन सक्ने र गर्न सक्ने कुनै पनि सुबिधा बाट कसैलाइ पनि बञ्चीत गराइएको छैन भन्दै कहीले कँही कसलाइ के समस्या भनेर आफुलाइ पर्याप्त जानकारी नहुन सक्छ त्सैले अफ्ट्यारो नमानी कन आबश्यकता अनुसारको माग गर्न र आबश्यकताका बारेमा जानकारी गराउँन समेत अनुरोध गर्नू भयो ।
काभ्रे पलान्चोक जिल्लाको दुर्गम गाउँपालिका रुपमा परिचित चौंरीदेउराली गाउँपालिकामा ७० वर्ष माथिका बृद्धबृद्धाहरुको आँखाको मोतियाबिन्दुको निःशुल्क अप्रेशन गर्न शुरु गरीएको अबशरमा उँहाले यस्तो बताउँनु भएको हो ।यसै गरि उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा कुमारी चौंलागाईंले जेष्ठ नागरिकहरुको साथमा स्थानीय सरकार गाउँपालिका छ भन्ने अनुभूति दिलाउन यस्तो कार्यक्रम ल्याएको बताउँनु भयो । उँहालेपालीका बासीको हरेक समस्या आफ्नै भएको आफुहरुलाइ लागेको बताउँदै हरेक समस्याको समधान गर्न पालीका लागी परेको बताउँनु भयो ।
यसैबीच मोतिया विन्दुको निःशुल्क अप्रेशन पछि लाभग्राही जेष्ठ नागरिकहरु खुशी हँदै अध्यक्ष त हाम्रो छोरा जस्तै भएकोबताएका छन् । एकातिर अप्रेशनको लागि काठमाडौं धाउनु परेन भने अर्को तिर निःशुल्क अप्रेशन गर्न पाएपछि उँहाहरु खुशी हुनु भएको हुो ।
आफ्नो सफल अप्रेशन पछि वडा नं. १ का ७२ वर्षिय काजी तामाङको मुहारमा खुशी देखिन्थ्यो । आफ्नो आँखाको समस्या आएपछि कसरी उपचार गर्ने भन्नेमा दिनाहुँजसो पीर मानेर बसेको तामाङे लेअहीले गाँउपालीका अध्यक्षले छोराछोरीको भुमिका निर्बाह गरेको र उँहाहरु आफ्नो लागी भगवान भएर प्रकट भएको बताउँनु भयो । ‘आफू हिड्न पनि नसक्ने, उपचारको लागि काठमाडौं कसरी पुग्ने हो भन्ने पीर सधैं लाग्थ्यो मलाई ।’ ७२ वर्षिय बृद्ध तामाङले , ‘गाउँपालिका अध्यक्ष हाम्रो लागि भगवन नै बनेको रहेछ । यति सजिलै मैले उपचार पाएँ भन्नु भयो ।’
त्यसैगरि उँहा जस्तै वडाका वडा नं. १ कै ७५ वर्षिय टिकामान तामाङ पनि खुशी हुनु भएको छ । गाउँपालिका अध्यक्षले यस्तो योजना ल्याएपछि आफूहरुले गाउँमै उपचार पाएको बताउँदै गाउँपालिका अध्यक्ष आफ्नै छोरोका रुपमा देखेको बताउँन भयो । ‘म बुढो मान्छे, आँखाको समस्याका कारण धेरै दुःख पाएँ । आज घरको आँगनमै भन्दा पनि हुन्छ, उपचार गर्न पाएँ ।’ तामाङले, ‘गाउँपालिका अध्यक्षलाई मैले आफ्नै छोराको रुपमा पाएँ । हाम्रो लागि त भगवान नै हुनुभयो ’ भन्नु भयो । बुधबार विहिबार र शुक्रबार तिन दिन समम चलेको शिबीरमा सय भन्दा बढी बृद्धबृद्धाहरुको मोतियाविन्दुको सफल शल्यकृया भएको स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङ जानकारी दिनु भयो ।
उक्त शिविरमा अप्रेशनको लागि ग्रामिण स्वास्थ्य तथा शिक्षा केन्द्र, गोकर्ण काठमाडौंको प्राविधिक सहयोग रहेका थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, वडा नं. ५ का वडा सदस्य छत्रबहादुर कोइराला, जागृति माविका प्रधानाध्यापक मन्दर लामा, धुसेनी सिवालय प्राथमिक अस्पतालका इन्चार्ज राजु चौंलागाईं लगायतका सहभागीता रहेका थिए ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख घिसिङले गर्नु भएको थियो भने स्वागत मन्तव्य वडा नं. ५ का वडा अध्यक्ष राजकुमार गौतमले राख्नु भएको थियो।