सुनकोसीमा बन्यो ऐतिहासिक मन्दिर

   –बिनम पराजुली

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. –५ मा बरदानेश्वर महादेव मन्दिरको निर्माण भएको छ । त्यस स्थानमा गएर भक्तलुहरुले आफुलाइृ परेको समस्या बताउँदै समस्या समाधानको लागि कुनै एक चिज वरदान मागेमा उक्त समस्या समाधान वा जे मागेको हो त्यो पुग्ने भएकोले स्थानियहरुले उक्त स्थानमा गई पुजाआजा गरि वरदान माग्ने चलन चलिआएको थियो । सुनकोसी गाउँपालिका ५ मा खोलाखर्क,वर्थान डाँडामा अवस्थित बरदानेश्वर महादेव तथा पाँचकन्या सेतीदेवी मन्दिर निर्माण गरी हालै उद्घाटन समेत गरिएको छ ।


हालै  नेपालीकांग्रेस केन्द्रिय सदस्यपुर्व सुचना तथा संचार मन्त्री नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभाग प्रमुख श्री मोहनबहादुर बस्नेत बाट परम्परा अनुसार पुजाआजा गरी मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन गर्दै  नेपाली काङ्ग्रेसले धर्मसस्कार र संस्कृतिको जर्गेना गदै परिवर्तित समयलाई ख्याल राखेर निती नियमहरु निमाण गर्ने र यस्ता किसिमका ऐतिहासिक पौराणिक स्थानहरुको संरक्षण एवं सम्वद्र्धन गर्न विभिन्न नितीहरु अवलम्बन गरेको बताउनुभयो । उहाँले आ–आफ्नो ठाउँबाट यस्ता किसिमका ऐतिहासिक र पौराणिक स्थलको संरक्षण गर्दै धर्म संस्कार र संस्कृतिको विकास गर्न सबैलाई अनुरोध गर्नुभयो । विगतका दिनहरुमा कम्युुनिष्टका नेताहरुले कार्यकर्ताहरुलाई यस्ता शक्तिपिठहरु भत्काउँदै संस्कार र संस्कृतिलाइृ परिवर्तन गराउन निर्देशन दिने र आफुचाहिँ शक्तिपिठहरुमा पुजाआजा गरी हिँड्ने निती लिएको हुँदा कम्युनिष्टले गरेका काम कुनैपनि सफल नभएको स्पष्ट पार्नुभयो ।



उहाँले विकासका लागि काङ्ग्रेस नै चाहिने पनि स्पष्ट भएको बताउनुभयो । खोलाखर्क,वर्थान डाँडामा अवस्थित बरदानेश्वर महादेव तथा पाँचकन्या सेतीदेवी मन्दिरको किम्वदन्ती अनुशार सतीदेवीले आएर तपस्या गरेको र महादेव प्रसन्नभई वरदान दिएको भएर वरदानेश्वर महादेव नाम रहेको त्यहाँका स्थानियहरुले बताएका छन् । सदियौ देखी धन्य पुणिमामा सेतीदेवीको जात्रा,शिव रात्री र तिजमा बरदानेश्वर महादेवको पुजाआजा हुदै  जात्रा लगाउने चलन चलिआएको छ । त्यस मन्दिरमा ईच्छा अनुसार वर माग्दा पुरा हुने स्थानियवासीहरु वताउछन । भिरमा ढुङ्गामा शिला रहेको मन्दिर नयाँ निर्माण गर्न स्थानियहरुले माग गरिरहेका थिए । उक्त मागअनुशार कार्यसम्पन्न गर्नको लागि स्थानिय समाजसेवी कुमार बस्नेतको अध्यक्षतामा मन्दिर निर्माण समिती गठन गरिएको थियो । सोहि समितीलाइ सुनकोशी गा.पा. बाट रु. १,५०,००० (अक्षरेपी एक लाखपचास हजार) अनुदान दिएको र स्थानियको श्रमदान र बिभिन्न बाहिरी व्यक्तिहरुबाट आएको नगद रु. १००,००० (अक्षरेपी रु. एक लाख)नगद , रु. एकलाख बरावरको जिन्सी , श्रमदान २५,००,००० (अक्षरेपी रु. दुई लाखपचास हजार) गरी छ लाखमा मन्दिर  तयार  भएको हो ।  स्थानिय प्रेम बहादुर भण्डारीका अनुशार बरदानेश्वर महादेव तथा सेतीदेवी मन्दिरमा सन्तान नहुेनेले आफुलाई सन्ताान नभएको हुँदा सन्तान हुने वर पाउँ भनि वरदान मागेमा  सन्तानहुने, मुद्दा ममिला पर्दा सकारात्मक नतिजा निस्कने हुदा टाढा टाढाबाट भक्तजनहरु आउने गरेको बताउनुभयो । त्यसै गरी स्थानिय पुजारी टोप बहादुर बस्नेतका अनुसार उक्त मन्दिरमा पुजाको लागी कटमार नहुने हुँदा सदियौं देखि भक्तजनहरुले परेवा उडाउने, जट्टा नरिवल,दुध तथा फलफुलहरु चढाउदै आएका छन ।आफ्नो मनोकामना पुरा हुने बिश्वासका साथ बिशेष गरी सोमबार र शनिवार यहाँ भक्तजनहरुको घुईचो लाग्ने गरेको पुजारी बस्नेतले बताउनु भयो । स्थानिय उत्तम बहादुर बस्नेतले मन्दिर निर्माण नहुँदा उक्त स्थानमा जाने भक्तजनहरुलाई धेरै कठिनाई परेको, पहिले भिरको शिलामा पुजा गर्न जाँदा बाटोको जोखिम समेत  भएको हुदा हाल मन्दिर बने पछि धेरै सुबिधा भएको छ ।


, , , , ,