आवरण नेपालद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

दोलखा ,

“स्वस्मै स्वल्पम समाजाय सर्वस्वम “ आफ्नो लागि कम , स्वार्थ रहित रहेर निस्वार्थ भावनाले सामाजका लागि समाज बिकास का निम्ति लाग। समाजमा रहेका व्यक्तिमा रहेको स्वार्थी भावना ’मै खाउ मै लाउ’भन्ने भावनालाई पुर्ण रुपले सफा गरेर सहयोगी भावनाले भरिएको खोल ओडाएर सामाजिक कार्यमा होमिन प्रेरित गर्ने आवरण नेपालको लक्ष्यलाई पुर्णता दिनका निम्ति सामाजिक अभियानता जन्माउने हेतुले २०७२ सालमा स्थापित आवरण नेपालले विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।



यस आवरण नेपाल द्वारा आज दोलखा स्थित शैलुङ्ग गाउपालिका  ४ मागापौवामा स्थित श्री पिपलडाडा आधारभुत विद्यालयका सम्पुर्ण बिध्यार्थीहरु लाई न्यानो कपडा बितरण गरिएको  छ । बिद्यालयमा रहेका ७० जना बालबालिकाहरू लाई निलो सुइटर ,निलो टोपी र मोजा बितरण गर्नुका साथै हाजिरीजवाफ प्रतियोगिता गरेर मनोरञ्जनात्मक र ज्ञानबर्धक कार्यक्रम समापन भएको छ ।

बिगतका दिनमा जस्तै यस  आवरण नेपाल ले सामाजिक कार्य गर्दै आएको र अब आगामी दिनमा पनि नेपाल भित्र दुरदराज का स्थानमा गएर यस्ता सामाजिक कार्य गर्ने कुरा यस संस्थाका अध्यक्ष बिबेक सापकोटा ले जानकारी गराउनु भयो ।

सोही बिद्यालयका प्रधानाध्यापक लब कुमार सुवेदी ले यस कार्यक्रम लाई सहज बनाउनु अमुल्य भुमिका खेल्नु भएको थियो । उहाले आगामि दिनमा पनि हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्नु भयो । कार्यक्रम मा ७० जना बिध्यार्थी केही सङ्ख्या मा शिक्षक , अभिभावक र ग्रुप का सहयोगी सदस्य ८ जनाको उपस्थिती थियो ।


, , ,