प्रतिनिधिसभा पुनस्र्थापना कांग्रेसको गन्तब्य होः बरिष्ठ नेता पौडेल

मेलम्ची । 

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने कांग्रेसको गन्तब्य रहेकोे बताउनुभएको छ । 



शनिबार सिन्धुपाल्ल्चोकको मेलम्चीमा नेपाली कांग्रेस क्षेत्र नं. २ द्धारा आयोजित बृहत भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताउनुभएको हो ।

नेता पौडेलले नेपाली कांग्रेस मन्तव्य र गन्तब्यको नीति लिएर अघि बढेको समेत बताउनुभएको  छ । 

सम्बोधनको क्रममा उनले प्रधानमन्त्रीको कदमले संविधान मिचेको भन्दै संविधानलाई बचाउनु कांग्रेसको पहिलो लक्ष्य भएकोसमेत उनले जनतालाई विश्वास दिलाउनुभयो ।

जनताले अहिलेको प्रतिनिधि सभा विघटनपछि कांग्रेसले दुई धार लिएको भन्ने विषय उठन गर्दै उनले गन्तब्य र मन्तब्यकै नीतिमा रहेको बताउनुभएको हो ।

उनले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक मात्रै नभई निरंकुशता भएको भन्दै यो कांग्रेसका लागि जनताले बोलेको मन्तब्य भएको बताए । प्रधानमन्त्रीको कदसलाई उल्ट्याउने काम कांग्रेसका लागि मन्तब्य भएको बताउनुभयो । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने कांग्रेसको गन्तब्य हो । भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो ।

कांग्रेस सिद्धान्तमा अडिग रहेको पार्टी भएको दावी गर्दै नेता पौडेलले लोकतन्त्र रक्षाका लागि सिद्धान्तमा रहेर जीवनभर जनता र राष्टको रक्षाका लागि लडिरहने उहाँले बताउनुभयो । उहाँले आफू व्यक्तिगत रुपमा मात्रै नभई सिंगो नेपाली कांग्रेस प्रतिनिधि सभा पुनस्र्थापना गर्नका लागि संघर्षमा रहेको दावी गर्नुभयो ।

यस्तै भेलालाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य राज्य मन्त्री एवं केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री ओलीले चालेको कदमलाई सर्बाेच्च अदालतले सदर गरेको अवस्था कांग्रेसलाई मान्य नहुने ठोकुवा गर्नुभएको  छ ।

कोरोना कालमा काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीको टिप्पणी हास्यास्पद रहेको उहाँको भनाई छ । “महामारीमा हामीले प्रयोग गरेको मास्क, स्यानिटाइजर लगायत औषधिमा त्यतिधेरै भ्राटाचार भएको छ,” उहाँले भने, “यो कसरी काम गर्न नसकेको भयो ।”उहाँले महामारीमा पनि भ्रष्टाचार गर्ने मान्छे पापी भएको दावी गर्नुभयो ।

हामीले नेपालमा एउटा मात्रै संविधान जारी गरेका छौं उहाँले भन्नुभयो जनताले पढ्ने, मन्त्रीले पढ्ने र प्रधानन्याधिसले पढ्ने संविधान एउटै हो । यदि प्रतिनिधिसभा विघठन भएमा नेपालीको भविष्य खत्तम हुने र जनताको अपमान हुने उनको भनाई थियो । अहिले ओलीले गर्ने गरेका व्यंग्य हेपाई भएको उहाँको दावी छ । 

कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व गृह राज्य मन्त्री विष्णुविक्रम थापा, प्रदेश साँसद निमा लामा, जिल्ला सभापति विकाश लामा, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि २ हजार बढीले कांग्रेस प्रवेश गरेको क्षेत्रीय सभापति आइतमान तामाङले जानकारी दिनुभयो ।


, ,