कांग्रेस चुनावमा जान तयारः सभापति देउवा

चौतारा । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताउनुभएको छ ।


कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकमा मंगलबार आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगीता समापन समारोहमा बोल्दै देउवाले नेपाली काँग्रेसले स्वतन्त्र न्यायलयको निर्णयलाई मान्ने बताउनुभयो । ‘हामी स्वतन्त्र न्यायलयलाई यसो गर उसो गर भन्दैनौ,’ उहाँले भन्नुभयो, ‘अदालतको जे फैसला आउँछ सोही अनुसार अघि बढनेछौँ ।

‘ अदालतमा बिचाराधिन मुद्दामा आफुहरु केही नबोल्ने उहाँले बताउनुभयो । प्रजातान्त्रिक शक्तीले अदालतमा बिचाराधिन मुद्दामा सडक तताउँदैन, स्वतन्त्र न्यायलयको फैसला स्विकार गर्दछ ।’ उहाँले भन्नुभयो, ‘संसद पुनस्थापना भए हामी स्कीर्कार्छौ, नभए चुनावमा जान्छौँ ।’

कार्यक्रमा बोल्दै  देउवाले संसद पुनर्स्थापना वा विगठन अदालतबाट जुन निणय आउछ त्यो कांग्रेसलाई स्वीकार्य हुने बताउनुभएको हो । उहाँले संसद विगठन असंवैधानिक कदम भएपनि अदालतमा विचारधीन विषयमा बोल्नु उपयुक्त नहुने बताउनुभयो । 

अदालतमा विचारधीन मुद्दामा जुलुश निकालेर यसो गर, उसो गर भन्न मिल्दैन, देउवाले भन्नुभयो, अदालतले संसद पुनर्स्थापना गर्याे भने कांग्रेसले सक्रियता साथ भाग लिन्छ, चुनाव को निणय गरे चुनावमना भाग लिन्छ । अदालतको निणय प्रकृयामा राजनीतिक हस्तक्षप गर्न नहुने धारणा राख्दै देउवाले गाउमा भएका कार्यक्रमहरू चुनाव भयोभने पनि काम लाग्छ ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेसले विगतमा धेरै फरक बिचारका पार्टीहरुलाई समेत मिलाएर संविधान घोषणा गरेको स्मरण गर्दे बस्नेतले संसद विघटन गर्नु दुःखद भएको बताउनुभयो ।

फुलबल प्रतियोगिताको उपाधि सुनकोशी गाउँपालिकाले हात पारेको छ । मंगलबार भएको फाइन खेलमा सुनकोशीले मेलम्ची नगरपालिकालाई १ पराजित हराउदै उपाधि जितेको हो ।

बस्नेतका स्वर्गीय आमा कोमलमाया बस्नेत र बुबा खड्गबहादुर बस्नेतको स्मृतिमा बाह्रविसे नगरपालिकाको पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा एक साता देखि सिन्धुपाल्चोकको गाउँपालिका र नगरपालिका स्तरीय फुटबल प्रतियोगीता सञ्चालन भएको थियो ।

एक लाख एघार हजार एक सय ११ पुरस्कार राशि रहेको कोमल माया खड्क स्मृति कप फुटबल प्रतियोगिताको उद्घाटन काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए ।

जिल्ला खेलकुद बिकास समितिको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगितामा दोस्रो हुनेलाई पचपन्न हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई २० हजार नगद, हरृक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफि प्रदान गरिएको छ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि ५ हजार र ट्रफि प्रदान गरिनएको थियो । 

 

,