साँगाचोकमा राप्रपाको सभा मृगौला पिडीतलाइसहयोग


राजतन्त्र सहीतको हिन्दु रास्टका  आजको आबश्यकता भइ सकेको राष्टीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पुर्ब माननीय  रमेश लामाले बताउँनु भएको छ ।


उँहाले परिबर्तनका नाममा हुने गरेको भ्रस्टाचार अनि  अनि जनतामाथी महङ्गीको मार जताततै कर अशुली गरेर नागरिकलाइ दुख दिएकाले अब नागरिकले  यसको मुल्याङ्कन गर्न पर्ने बेला भइ सकेको बताउँनु भएको छ । उँहाले उक्त कुरा सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालीका वडा नं १२ मा आयोजीत कार्यक्रममा यस्तो बताउँनु भएको  हो ।

यसै गरि अर्का केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीले राष्ट्र्रीय प्रजातन्त्र पाटी सँधै जनताको पक्षमा काम गरिरहेको र अब पनि गरिरहने बताउँदै हज्जारौ राजाले देश बनाउँन नसक्ने कसरी हुन्छ सम्पती कमाउँने मा मात्र लागेकाले देशले अब राजतन्त्रको बिकल्प नभएको अबस्था आइसकेको महशुस गरेको बताउँनु भयो । अर्का केन्द्रयि सदस्य जित बहादुर भारतीले हाल देश सङ्कटको अबस्थामा पुगेको बताउँदै  बिद्यार्थी भन्दा शिक्षक धेरै भए पछी यस्तो अबस्था आएको बताउँदै जनताका भन्दा पनि आफ्नै स्वार्थमा  नेताहरु लागेका कारण यो समस्या आएको बताउानु भयो । 

यसै गरि प्रदेस सदस्य नारायण जङ्ग पाण्डे ले अब सिङ्गो नेपालले राष्टीय प्रजातन्त्र पाटीको उद्धेश्य र नितीलाइ पछ्याउँन लागेकोमा खुशी लागेको बताउँदै अब नागरिकले सत्य र झुटो छुट्याएर सत्तयतको पक्षमा लाग्ने बताउँनु भयो । कार्यक्रममा जिल्ला अध्यक्ष गोपाल नरसिह श्रेष्ठ, जिल्ला सदस्यहरु मदन केसी, कृष्ण गिरी महीला संयोजक दिपा गिरी लगाएतले मन्तबय राख्नु भएको थियो ।

हेमकृष्ण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमले वडा नं १२को समिती समेत गठन गरेको छ । यम बहादुर गिरीको अध्यक्षतामा २९ सदस्यीय वडा इकाइ समिती गठन गरिएको छ भने दिपा गिरीको संयोजकत्वमा २७ सदस्य महीला समिती गठन गरेको छ । कार्यक्रममा मृगौला रोगी  सुस्मीता गिरीलाइ रु दशहजार सहयोग समेत गरिएको प्रबक्ता हरी नेपालले जानकारी दिनु भयो । 


, , , ,