पुर्व मन्त्री बास्कोटाद्वारा मन्दिर शिल्यान्यास

एकराज श्रेष्ठ ,दोलालघाट । 

धार्मिक आस्थावान २४ जना गुठियारहरुको संचालनमा रहेको काभ्रेको भुम्नुु गाउँ पालिका वडा न ८ को वनदेउटार डांडामा  अवस्थित सिंह देवि कमला देविको मन्दिरको पुननिर्माण कार्य शुरु हुँदै छ ।

२०७२ सालको भुकम्पको कारण जिर्ण अवस्थामा रहेको उक्त मन्दिर निर्माण तथा ब्यवस्थापनको निमित निरञ्जन श्रेष्ठ को अध्यक्षतामा ९ सदस्यिय मुल कार्य समिती गठन भै सकेको टोलका गुठियार युवा नेता , वडा सदस्य एंव कार्यक्रमका सभापति मनोज श्रेष्ठले   बताउनुभयो ।

 उक्त मन्दिर निर्माणको निमित चालू आर्थिक बर्षमा पालिकाबाट ३ लाख रुपैया बिनियोजन गरेको छ। मन्दिर निर्माणको निमित  स्थानिय शुरेस श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिती गठन गरि मन्दिर पुननिर्माण गर्न थालिएको हो ।

दोलालघाट बजारबाट करिव ढेड किलो मिटर उत्तरी दिशामा रहेको उक्त मन्दिरको शिल्यान्यास हिजो पर्व सुचना प्रवृद्धी तथा संचार मन्त्रि गोकुल बास्कोटा ज्युबाट भएको भएको छ। उक्त कार्यक्रममा पुर्व मन्त्रिज्युले गत आर्थिक बर्षको प्रदेश सभाबाट बिनियोजित बजेटबाट  बन्दै गरेको बुद्धको मुर्ति सहितको पार्कको आशपास रहेको उक्त स्थानमा पानीको समस्या अति नै देखिएको हुदा पानी ब्यस्थापनको निमित आवश्यक प्रकृया गरिदिने वचन बद्धता गर्नु भएको थियो। साथै उहाले दोलालघाट बजारका दुवै नदिका छेउछाउमा कोरिडोर निमित अब चांदै नै डि पिआर शुरु हुने कुरामा  पनि ध्यानाकर्षण गराउनु भएको थियो । 

स्थानिय युवा नेता एंव गुठिका सदस्य रमेश लामा द्वारा संचालित उक्त कार्यक्रममा पालिका प्रमुख गुमान ध्वज कुुंवर, जिल्ला संमवयन समिती काभ्रेका सदस्य प्रेम लामा,  वडा अध्यक्ष मोती लामा एंव विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको आतित्यथा ग्रहण गरेको थियो ।


मन्दिरको कोषमा करिव १ लाख सत्तरी हजार रुपैया सहित शुरु हुन लागेको उक्त मन्दिरको निर्माणको  लागि आवश्यक पर्ने सम्पुर्ण इट्टा मन्दिरका पुजारी जीवन श्रेष्ठ का दाजुु सुमन बहादुर श्रेष्ठ  , गिट्टी र बालुवा मनोज श्रेष्ठ साथै ३० बोरा सिमेन्ट बिनोद बुढाथोकीज्युबाट ब्यवस्थापन गरि दिने वचन बद्धता गर्नुु भएको थियो ।यसै गरि सबैजनाले आवश्यकता अनुसार आ आफ्नो गक्ष अनुसार सहयोग गरे मन्दिर पुननिर्माण  यसै बर्ष सजिलै संग सम्पन्न हुने हुदा सम्पुर्ण महानुभावहरुमा तनमन सहित सतकी देवीको रुपमा चिनिएको यस मन्दिर निर्माणको लागि सहयोग गर्न मुल समिती का अध्यक्ष निरञ्जन श्रेष्ठ  अपिल गर्नु हुन्छ।


, ,