बन कार्यलयमा अन्तरक्रीया सम्पन्न


नेत्र बहादुर बस्नेत  


जिल्ला बन कार्यलय सिन्धु पाल्चोकले  राष्टिय बन सरक्षण तथा ब्यबस्थापन  कार्यक्रम अन्तरगत गैर्ह काष्ठ बन पैदावर जडिबुटि ब्यपार प्रबर्धन तथा मूल्य अभिबृद्धिका लागि  सङ्कलक, उत्पादक  र ब्यबसायि बिच अन्तर कृया कार्यक्रम गरेको छ।डिभिजन बन कार्यलय  सिन्धु पाल्चोकको आयोजनामा  बन कार्यलयकै सभाहलमा कार्यक्रम भएको  हो ।
बिहीबार भएको कार्यक्रममा जिल्लाका  जडिबुटि उत्पादक, सङ्कलक हरुको उपस्थितिमा  रहेको थियो ।सहभागीहरुलाइ  जडीबुटी  उत्पादन सङ्कलन तैयारी र भण्डारण सम्बन्धी   बिशेष जानकारी दिदै  सह बन अधिकृत कृष्ण बहादुर थापाले  जडीबुटी उत्पादन र सरक्षण बिषयमा यसको दिगो  सङ्कलन र त्यसका समस्याहरु , सङ्कलन गर्दा ध्यान दिन पर्ने कुराहरु र यसबाट हुने फाइदा तथा बेफाइदाका बारेमा  जानकारी गराउँनु भएको थियो  भने सह बन अधिकृत भक्त बहादुर श्रेष्ठ ले सामुदायक बनको बन पैदाबर  काठ दाउरा जडी बुटी लगाएत अन्य गैर काष्ठ सङ्कलन तथा बिक्री बितरण निर्देशिका सम्बन्धी जानकारी दिनु भएको थियो ।


कार्यक्रममा सहभागीहरुले  समय समयमा यस्तो कार्यक्रम राखेर सम्बन्धीत सरोकारवालाहरुलाइ जानकारी दिने काम भउको कार्यक्रम प्रती खुशी ब्यक्त गर्दै समाजमा आफुहरुले पनि यसलाइ प्रचार प्र्रसार गर्ने  बताएका  छन ।

सहभागी नेत्रज्योती कृषी सहकारी सस्थाका प्रतिनिधी चतुर बहादुर तामाङ्गले  बन कार्यलयबाट भउको यस कार्यक्रमबाट  जडीबुटी के हो यसको संरक्षण कसरी गर्न सकिन्छ बनलाइ कसरी जोगाउँन सकिन्छ , यसबाट गाँउका मानसिलाइ कसरी आतमा निर्भरता गराउँनु सकिन्छ भन्ने बिषयमा धेरै जानकारी प्राप्त भएको ले आफुलाइ यो कार्यक्रमले धेरै सहयोग गरेको बताउँनु भयो ।

कार्यक्रममा हिमालयन जडीबुटी कृषी तथा  पशुपालन फर्म थाम्पालधाप गाँउपालकिा ठुलो आख्रेनी ८ का ब्यबस्थापक चोग्चेल शेर्पा,  रि साएकल हाते कागज उधोगका रमेश काजी श्रेष्ठ, मलीन्द्रा कृषी तथा पशु फर्म बाह्र्बिसेका पुर्ण शेर्पा दादर सामुदायक  बन उपभोक्ता समिती त्रिपुरा सुन्दरीका अध्यक्ष खोबीन्द्र बहादुर श्रेष्ठ लगाएतले जिल्ला बन कार्यलयबाट समय समयमा हुने गरेको यो कार्यक्रमले सहजता दिएको बताउँनु भयो ।  


, , , ,