कोमलमाया–खड्ग बस्नेत स्मृति कपको चौतारा सेमिफाइनलमा

चौतारा । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पलाँतीमा जारी जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियोगितामा चौतारा सागाँचोकगढी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । 


२२ गतेबाट सुरु भएको कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा त्रिपुरासुन्दरी गाउँपालिकालाई ४–२ गोल अन्तरले पाखा लगाउँदै चौताराले सेमिफाइनलको यात्रा तय गरेको हो ।

एक लाख एघार हजार एक सय ११ पुरस्कार राशीको फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल भोलि हुनेछ ।

सिन्धुपाल्चोकका स्थानीय तह बिच प्रतिष्पर्धा भइरहेको प्रतियोगितालाई नेपाली कांग्रेस खेलकुद विभागले आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका १२ मध्ये नौ स्थानीय तहले सहभागिता जनाएको आयोजकले जनाएको छ । जिल्ला खेलकुद बिकास समितिको प्राविधिक सहयोग रहेको प्रतियोगितामा दोस्रो हुनेलाई पचपन्न हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिनेछ ।


,