डडुवामा नेपाल कम्युनिष्ट पार्टि(ने.क.पा.) को अगुवा कार्यकर्ता भेला

चौतारा,

चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर १४ को डडुवामा नेपाल कम्युनिष्ट पार्टि(ने.क.पा.) को बृहत अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज  कृष्ण प्रसाद सापकोटाले हाल नेपाल विषम परिस्थितिमा रहेको, तथा प्रधानमन्त्रीको यकलौटी संविधान बिरोधी निर्णय प्रती बिरोध गर्दै सक्कली कम्युनिष्ट पार्टी पहिचान गरि बिचार ब्यक्त गर्न सबैमा आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै अतिथि सुवाश कर्मचार्यले बहुमत भन्दा पनि धेरै संविधान सभाको सदस्यले यकमत भयर गलत कदम नचल्न भन्दा पनि झिनो मतको साथमा के पिले गरेको गलत कदमले देशको बेहाल हुने अवस्थामा पुगेको बताउनुभयो । 

कार्यक्रममा सबै अतिथीहरुले प्रधानमन्त्री के . पि ओलिको असम्बैधानिक कदमको बिरोध गर्दै ने क पाको पार्टी एकताको बिकल्प नभयको र सोहिमा भविष्य रहेको समेत बताउनु भयो ।  

नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा,बगमती प्रदेश सचिवालय सदस्य सुवाश कर्मचार्य, प्रस्तावित जिल्ला सचिब गोबिन्द पराजुली , ने क पा जिल्ला सदस्य सीता थापा सहितको उपस्थिति रहेको थियो 

वडा कमिटी अध्यक्ष उद्धव नेपाल सभाअध्यक्ष रहनुभयको तथा सचिब शेर बहादुर श्रेष्ठले कार्यक्रम संचालक रहनुभएको थियो ।    


, ,