डडुवा बचत तथा त्रृmण सहकारी सस्थाको साधरण सभा सम्पन्न

चौतारा । 

नेत्र बहादुर बस्नेत  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका १४मा रहेको डडुवा बचत तथा क्रृण सहकारी सस्थाको १२औ साधरण सभा भब्य समारोहका बिच सम्पन्न भएको छ ।


चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४को सामुदायक भवनमा ९र १० गते दुइ दिन सम्म चलेको साधरण सभा १० गते सम्पन्न भएको हो । 

सस्थाका अध्यक्ष बेशव प्रसाद नेपालको सभापतित्वमा भएको साधरण सभाले तिन करोड छयत्तर लाख बयालिस हजार चारसय छयानब्बे रुपैया अठ्तिस पैसाको आय ब्यय अनुमोदन गर्नुका साथै डडुवामा धितो बन्धकको कर्जा  सुबिधा बचत ब्याजको बृद्धी रेमीटीयान्सको ब्यबस्था बिधुतीय महशुल भुक्तानी, मोबाइल, डिसहोमको रिचार्ज गर्ने सुबिधा थप्ने निर्णय भएको छ ।

१४ नं वडाका वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले कार्यक्रमको उद्धघाटन गर्दै बचत सहकारी मध्य डडुवामा सबै भन्दा राम्रो डडुवा बचत तथा क्रृण सहकारी रहेको बताउँनु भयो । सहकारिताको माध्ययमबाट सहकारीको निती निर्देशनमा रहेर काम गर्न पनि उँहाले सबैलाइ अनुरोध गर्नु भयो । उँहाले सहकारीका शेयर सदस्यहरुको महान चाड भनेकै साधरण सभा भएकोले यो सभामा उपस्थिती भएर आफ्ना भनाइ राखन पर्ने आफैले निती निर्देशन बनाउँन पर्ने सहकारिको सदिान्तमा रहेर काम गर्न सकनेलाइ सहकारीको संञ्चालक सदस्यमा चयन गर्न पर्ने बताउँनु भयो । सस्थाका सचिब भेषबहादुर नेपालले सञ्चालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष सिता बस्नेतले आयब्यय प्रस्तुत गर्नु भएको थियो भने अध्यक्ष नेपाललले बार्षीक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पुर्ब कोषध्यक्ष एवम समाजसेवी दामोदर सापकोटालाइ बिशेष सम्मान गरिएको थियो । साधरणसभामा डडुवा भवानी शङ्कर माबीका प्र अ बद्री प्रसाद नेपालले शैषिक स्तर बृद्धीका लागी सहकारीले महत्वपुर्ण भुमिका खेलेकोमा खुश िब्यक्त गर्दै अझ प्रभाबकारिताका बारेमा अगाढी बढ्न सकोस भन्नु भयो ।

त्यसैगरि सामुदाय भवनका अध्यक्ष उद्धब नेपालले सहकारीले वास्तवमा नै सहकारिताको माध्ययमबाट काम गरिरहेकाले यसको लागी डडुवा सहकारीलाइ बिशेष धन्यबाद दिनु भयो । पुर्ब कोषध्यक्ष दामोदर सापकोटाले सहकारीका पारदर्शीता भने कै आर्थीक हो यसमा सबैले पारदर्शीताका साथ काम गर्न सके मात्र सहकारी सmलतामा जाने हुँदा यस तर्फ सबैले ध्यान दिन पर्नै बताउँनु भयो । 

उँहाले सिमखेतमा भनभोज जाँदा रु ५०बाट शुरु गरिएको यो सहकारीले आ आएर चारकरोडको हाराहारमिा काम गर्न लागेकोमा खुशी ब्यक्त गर्नु भयो । सभामा बाजुराम थापा मगर,बिजय तामाङ्ग, सुनिल तामाङ्ग लगाएतले आआफ्ना  भनाइ राख्नु भएको थियो । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष जिवन कृष्ण नेपालले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । 

,